राजाआली, चुन्गाजान, गोलाघाट (असम): अखिल भारतीय महायाना बौद्ध म्हानिपा संघ ( All India Mahayana Buddhist Mhanipa Association) पुर्वान्चल शाखाको साधारण सभा न्यूङगने छ्योलिङ गुम्बा, राजाआली प्रांगणमा पुर्वान्चल शाखाका अध्यक्ष लामा अमृत थोकरको अध्यक्षतामा सम्पन्न भएको छ | सभाको विषयसुचि र स्वागत वक्तव्य पुर्वान्चल शाखाका मूल सचिव लामा हिमाल मोक्तानले राखेका थिए | वक्तव्यको क्रममा संघको केन्द्रीय महासचिव जंगबीर बोम्जनले संघको ऐतिहासिक पृष्ठभुमि, महागुरु रयेन रिम्पोछेको संघर्षशील आध्यात्मिक जीवन, जयगाउँ(प०ब०) मा सम्पन्न हुन गइरहेको संघको स्वर्ण जयन्ती समारोह बारेमा वृस्तृत जानकारी दिंदै सबैको सहभागिताको आह्वान पनि गरेका छन् | संघका केन्द्रीय मुख्य सल्लाहकर गोपाल मोक्तानले आगमी ३ - ७ फरवरी २०१६ मा सम्पन्न हुने बौद्ध गयाको " माने डुङग्चुर " ( दश करोड माने जप ) अन्तराष्ट्रीय आध्यात्मिक कार्यक्रम बारे सभालाई सम्बोधन गर्दै सबैको उपस्थितिको निमन्त्रना जनाए भने केन्द्रीय सल्लाहकार सुखमन मोक्तानको दिल्ली भ्रमणको जानकारी, रजत जयन्ती समारोहको कार्यक्रम सुची र अल्पसंख्यक समुदायको सरकारी सहुलियत बारे सभालाई अव्गात गराएका थिए | सभामा संघका दार्जीलिंग जिल्लाका मूल सचिव आकाश लामाले संगठनको नियम – अनुशासन, आगमी योजना र संघलाई प्रभावकारी बनाउने उदेश्यमा सबै लाग्नुपर्ने अनुरोध गरे | सभाको अन्तरक्रिया कार्यक्रममा टाँसी मोक्तान, लाल बहादुर योन्जन, मन बहादुर मोक्तानले आ - आफ्नो मन्तब्य राखेका थिए भने सभाको कार्य विवरण के० लोप्चनले पाठ गरेका थिए | सिक्किमका अतिथि गुरु लामा डुप्ला डेन्डुपले सारगर्भित धार्मिक प्रवचन राखे भने सभाको अन्तमा प्रमुखरुपमा उपाध्यक्ष्य रुलु लामा, सुबास लामा, अभय अधिकारी पनि उपस्थित रहेका थिए भनी एक विज्ञप्ति मार्फत पुर्वान्चल शाखा मूल सचिव हिमाल लामाले जनाएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?