विधार्थीवर्गलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर उनीहरुको शाररिक, मानसिक, बौद्धिक तथा नेतृत्व क्षमतालाई पनि अघि बढाउने उदेश्य लिएर सन्त मंगल एकाडेमी (Saint Mangal Academy) ले प्राय: वर्ष भरिनै विविध क्षेत्रहरुमा प्रतियोगितात्मक कार्यक्रम गरिरहेको छ | यसै परिपेक्षमा विधालयको पाँचौ देखि आठौ श्रेणीसम्मको नानीहरुलाई लिएर चार दलहरु माझको अन्तर दलीय तर्क प्रतियोगिताको अन्तिम चक्र विधालय प्रांगणमा " गोदावरी दल " बनाम " मखमली दल" माझ सम्पन्न भयो | विधालयको प्राचार्य मन्जीत थापाको अध्यक्षतामा सम्पन्न " छोरा छोरीलाई धन सम्पति थुपारी दिनु भन्दा उचित शिक्षा प्रदान गर्नु राम्रो हो वा होइन " भन्ने विषयको उक्त तर्क प्रतियोगितामा पक्ष दल " गोदारी दल" विजयी बने | सातौं श्रेणीका छात्रा प्रसंसा तामांग अनि प्रिया मोहराले संचालन गरेको उक्त प्रतियोगितामा क्रमश: सेविका गुरुङ, प्रिसिका फोनिंग, पुजन छेत्री, हिमा राई अनि पेम्सांग लामाले निर्णायकवर्गको भूमिका निर्वाह गरेका थिए | प्रतियोगितामा सबै तार्किकहरुले गहकिलो तर्कहरु पेश गरेता पनि उत्कृष्ट वाकपटुता तथा भावभंगीको प्रदर्शनले सातौं श्रेणीका छात्र सिधान्त छेत्रीलाई सर्वश्रेष्ट वक्ताको निम्ति चयन गरियो | आफ्नो अध्यक्षताको भाषणमा प्राचार्य मन्जीत थापाले विषय वस्तु माथि प्रकाश पार्दै तर्क प्रतियोगिताको औचित्य नानीहरुलाई जनाए अनि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रमहरुमा भरसक भाग लिइ आफ्नो नेतृत्व क्षमताको विकाश गर्ने सुझाव दिंदै भाग लिने दुवै दललाई बधाई टक्राए ||

Post a Comment
We love to hear from you! What's on your mind?