पश्चिम बङ्गाल पर्यटन बिभाग अन्तर्गत सिटोंगमा निर्माण भएको होमस्टे (Home Stay) अनि सार्वजनिक भवनको उतर बंगाल बिकाश मन्त्री गौतम देव (Gautam Deb) को बाहुलीबाट उद्घाटन भएको छ | नव निर्मित चारवटा होमस्टे अनि सार्वजनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री देवले राज्यको मुख्य मन्त्री ममता ब्यनार्जीले पहाडको हरेक कुनामा पर्यटनको बिकाश भएको चाहन्छन् यसै मुताबिक हामीले विभिन्न क्षेत्रहरुमा पर्यटन सम्बन्धित होमस्टे, गेस्ट हाउस आदि निर्माण गर्दै आइरहेको बताएका छन् | जस मध्ये तक्दाह नजिक लामाहट्टामा निर्माण गरिएको टुरिजम प्रोजेक्टले धेरै नै सफलता पाइरहेको बताए | यसरी नै मुख्यमन्त्रीको निर्देशमा दार्जीलिंग, कालेबुंग अनि खरसाङका विभिन्न क्षेत्रहरुमा पनि पर्यटन सम्बन्धि विभिन्न प्रोजेक्टहरु मार्फत पर्यटनको बिकाश गरिरहेको मन्त्री देवले बताएका छन् | यसको साथै दार्जीलिंग पहाडमा उत्पादित अर्ग्यानिक साग – सब्जीहरुलाई सठिक बजारीकारण गर्नको निम्ति सालबारीमा एउटा रेगुलेटेड मार्केटको माग गरिरहेको हुँदा यसको निम्ति पनि मन्त्री देबले उतर बङ्गाल पर्यटन बिभाग संयुक्त निर्देशक शुनिल अग्रवाललाई सम्बन्धित विभागसित चाडै जोगाजोग गर्ने निर्देश दिएका छन् |
सिटोंग इकोट्राभल्स वेफेयर सोसाइटी (Sittong Eco Travellers Welfare Society) अनि विन्ड ओज सौजन्य पर्यटन विभाग पश्चिम बङ्गाल सरकार द्वारा आयोजित साथै संजीव छेत्री द्वारा संचालित आजको उद्घाटन कार्यक्रममा आमन्त्रित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) वन विभाग सभासद रतन थापा अनि जीटीए पर्यटन विभाग कार्यकारिणी निर्देशक सोनाम भुटिया अनुपस्थित रहेकोमा मन्त्री देवले निन्दा गरेका छन् | सभासद अनुपस्थित हुनुमा उनको व्यक्तिगत असुविधा हुन सक्ने बताउंदै पर्यटन विभाग निर्देशक सोनाम भुटिया अनुपस्थित रहेकोमा आक्रोस व्यक्त गरेका छन् | जीटीएमा यसरी सम्बन्धित विभागीय अधिकारीहरुको सुस्तिपनले नै धेरै क्षेत्रहरुको बिकाश हुन नसकेको पनि उनले जनाए | यदि आउन नसक्ने भए आउछु भनेर किन झुटो बचन दिनु भन्दै मन्त्रीले कडा शब्दमा निन्दा गरे साथै आउन नसक्नुको कारण दार्जीलिंग जिल्लापालसित सोधपुछ गर्ने पनि उनले जनाएका छन् |
विशिष्ट अतिथि पश्चिम बंगाल पर्यटन विभागका जोइन्ट डारेकटर सुनिल अग्रवालले पत्रकारहरुलाई सम्बोधन गर्दै यहाको स्थानीय मानिसहरुसंग मिलेर एक कमिटि गठन गरि यहाँ टुरिजम संचालन गर्ने सरकारको योजना रहेको जनाए | उनले होमस्टेको निम्ति जमीन दिने मालिकलाई ७० प्रतिसत अनि टुरिजम संचालन गर्ने कमिटिलाई १० प्रतिसत अनि राज्य सरकारको टुरिजम विभागलाई २० प्रतिसत कर जाने जनाकारी गराएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?