मिडिया पार्टनर हिमालय दर्पण
रहेको मङपु युथ क्लबद्वारा
आयोजन गरिने मङपु गोल्डकप फुटबल
टुर्नामेन्ट ( Mungpoo Goldcup Football Tournament) आगमी ११ अक्टुबर २०१५
आइतबारको दिन देखि आरम्भ हुनेछ | उक्त
फुटबल टुर्नामेन्ट उद्घाटन
समरोहमा प्रमुख अतिथि.रतन
कुमार थापा क्षेत्रीय सभासद
जीटीए, विशिष्ट अतिथिहरुमा
डा.सामुएल राई सिन्कोना बगान
निर्देशक अनि दावा लामा च्यारम्येन
दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स
एसोसिएसन साथै खेलको सभापति
एन.के. बराईली सिन्कोना बगान
व्यवस्थापक उपस्थित रहने भएको
छ | मङपु जनमैदानमा सम्पन्न
हुने उक्त फुटबल टुर्नामेन्टमा
यसपल्ट १४ वटा दलहरुले अंशग्रहण
गरेका छन | जसमा गतबर्षको च्याम्पियन
दल बिर्तामोड झापा११, नाईट चेस
क्लब नेपाल, ३/११ गोर्खा राईफल्स
हिमाचल, गान्तोक फुटबल क्लब, सिनाल्चु नाम्ची सिक्किम, के.एफ सी सिलगडी, रोयल एफसी सिलगडी, शेयर
फुटबल क्लब कालेम्पोङ, दार्जीलिंङ
एफसी, साई सिलगडी, युकेएफ सी
खार्संग, १० एसएपी (एन.बी.ए.पी), टी.ए.दार्जीलिंङ
अनि एमवाईसी मङपु जस्ता नामीदामी
टीमहरुले अंशग्रहण गरेका छन | मङपु गोल्डकप फुटबल टुर्नामेन्टको
फाईनल खेल १६ नोभेम्बरको २०१५ को
दिन सम्पन्न हुनेछ भने बिजय
दललाई नगदराशी एक लाख सहित
ट्रफी अनि पराजय दलललाई ५०
हजार सहित ट्रफी प्रदान गरिने
आयोजक समितिले जानकारी दिएका
छन | यस बर्ष मङपु जनमैदानमा
सम्पन्न हुने गोल्ड कप फुटबल
टुर्नामेन्टमा मङपु युथ क्लब
सम्पूर्ण खेलप्रेमी दर्शकवर्गमा
हार्दिक स्वागत गर्दछ |

Post a Comment
We love to hear from you! What's on your mind?