दिनांक २५ दिसम्बरको दिन सिम्ले जन मैदानमा गोजमुमो सिम्ले शाखाको एउटा जरुरी सभा डी० एस० खवासको सभापतित्वमा सम्पन्न भयो | किरण थापाले संचालन गरेको अनि पासांग भुटियाले सम्भाषण राखेको सभामा चुनावी पर्यवेक्षकको रुपमा लाब्दा मंग्पू समष्टि युवा मोर्चा महा सचिव बिज्ञेन मिश्र, सांगठानिक सचिव पवन थापा अनि निरेश शेर्पाको उपस्थिति रहेको थियो | यसरी नै सभामा विधार्थी मोर्चा केन्द्रीय समिति सदश्य ( महकुमा समिति प्रवक्ता) अनमोल थापाको पनि बिशेष उपस्थिति रहेको थियो भने सम्पूर्ण सिम्ले ग्रामबासी अनि बुजुर्ग व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो | सम्बोधनको क्रममा रवीन पाख्रीनले विगत केही दिन अघि गोजमुमोका अध्यक्ष बिमल गुरुङको गोर्खाल्याण्ड जन जागरण पदयात्रा अवधि सिम्ले गाउँ परिभ्रमण गरे पश्चात गाउँको कतिपय समस्याहरु निवारण गर्ने बचन उपस्थित समुहलाई अव्गात गराए | साथै अध्यक्षको अनुमति शाखा अधिनस्थ पार्टी गठन शीघ्र गर्नु पर्ने कुरा पनि सभामा बताए | यसरी नै अर्का वक्ता के०एल० गुरुङले पनि यो सभा खुबै महत्वपूर्ण रहेको बताउंदै नयाँ समिति गठन गरिनुपर्ने हुँदा सबै उपस्थित ग्रामबासीले सहयोग पुराइदिने अनुरोध गरेका थिए |
नव गठित समितिमा सभापतिको चयन भने भएन कारण केन्द्रीय समिति अध्यक्षले अघावै पुर्व सभापति सुबास राईलाई मनोनित गरेका थिए यसर्थ आजको सभामा गठन भएका नयाँ शाखा समितिको पदाधिकारीहरुमा सभापति सुबास राई, उप सभापति सुजित राई, अरिफ मंगर, रतन राई, मूल सचिव अकल गुरुङ, सह सचिव रबिन पाख्रीन, योगेश गुरुङ, प्रचार प्रसार सचिव किरण थापा, कोषाध्यक्ष भुपेश थापा, लेखापरिक्षक पासांग भुटिया साथै सल्लाहकारवर्गमा २५ जना बुजुर्ग व्यक्तिहरुलाई समावेश गरिएको छ |
नव गठित गोजमुमो सिम्ले शाखालाई सम्बोधन गर्दै विधार्थी मोर्चा केन्द्रीय समिति सदश्य तथा महकुमा समिति प्रवक्ता अनमोल थापाले पनि बधाई टक्राए साथै अध्यक्ष महोदयले सर्व भारतीय गोर्खाहरुको हितमा आफू जीर्ण बनेर अघि आएको एवम वहाँको मंग्पूमाथि रहेको कृपादृष्टि बारे पनि सभामा अव्गात गराए | उनी स्वय पनि अध्यक्षको साथमा पदयात्रामा सहभागी रहेको र पदयात्राको अवधि विभिन्न प्रकारको तितो मिठो क्षणहरु व्यतित गरेको तथा गोर्खा सन्तानहरु अझै पनि अवहेलित रुपमा रहेको र उनीहरुको पुनरुत्थानको निम्ति अध्यक्ष गुरुङले गरेको पहल बारे चर्चा गरेका थिए | यसरी नै यो नव गठित गोजमुमो सिम्ले शाखा अधिनस्थ भात्रीसंगठन युवा मोर्चा सिम्ले शाखा पनि गठन गरिने सभाले निर्णय लिइयो जसमा सभापति सतिश राई, उपसभापति शुसिल मंगर, आनन्द राई, सुरेन मंगर , मूल सचिव साइक्लोन राई, सह सचिव सन्दीप राई, बिधान छेत्री, सुरेन थापा (मुनु), प्रनेश गुरुङ, रितेश मंगर , कोषाध्यक्ष अमित राई (पप्पु), युवा संयोजक विश्वास राई, टोली संयोजक समीर मंगर, नयन गुरुङ, उत्तम थापा, स्वीकार राई अनि सुबास मंगर एवम बीस जना युवावर्गलाई सल्लाहकारको रुपमा चयनब गरियो |
उपरोक्त नव गठित युवा मोर्चा सिम्ले शाखालाई समग्र ग्रामबासीको पक्षमा बधाई टक्राउदै अबउसो गोर्खाल्याण्ड प्राप्तिको निम्ति गर्नुपर्ने हरेक कार्यक्रमहरुमा अग्रशील भइ कार्य गर्ने साथै क्षेत्रीय सभासद एवम केन्द्रीय समिति अध्यक्षको हात बलियो बनाउन सदैव अग्रीम पंक्तिमा रहने अपेक्षा गरेको सभापतिले जनाएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?