गत दिनांक २८/१०/२०१५ को दिन भानुभवन दार्जीलिङमा जनमुक्ति असुरक्षित माध्यमिक शिक्षक संगठनको केन्द्रिय समितिको तत्वाधानमा बसेको सभमा जीटीए क्षेत्रका समस्त माध्यमिक तहका विधालयका प्रधानअध्यापक/अध्यापिका तथा बिधार्थी मोर्चाका प्रतिनिधि/जेएसटीओका प्रतिनिधिवर्गको उपस्थितिमा महत्वपूर्ण निर्णय लिईयो | उक्त निर्णय अनुसार जबसम्म स्वयंसेवक शिक्षकहरुको एक सुत्रीय मांग स्थायीकरण हुनेछैन तबसम्म धारावाहिक रुपमा आन्दोलनमा उत्रिने निर्णयलाई स्वागत गर्दै मङपु जोन जिस्टोले आज २९ अक्टुबर देखि मङपु एसआई सर्कल अफिस (Mungpoo Circle Office) मा धर्ना कार्यक्रम शुरु गरेको छ | सर्कल अफिस मङपुमा सरस्वती उच्चतर माध्यमिक विधालय, ज्ञानपीठ उच्चतर माध्यमिक विधालय, शारदा उच्च माध्यमिक विधालय अनि रम्बी बजार उच्च माध्यमिक विधालयका स्वयंसेवक शिक्षक/शिक्षिकावर्गले एक सुत्रीय मांग स्थायीकरणको निम्ति धारावाहिक धर्ना कार्यक्रम गर्दै स्थानीय मङपु सर्कल कार्यलयका एस.आईलाई ज्ञापन पत्र चड़ाएका छन | आफ्नो जीवनको बहुमुल्य समय समाजका कर्णधारहरुको जीवन निर्माणमा खर्चेर १५/२० बर्षको आवधि खर्च गरिसकेता पनि विभागीय पक्षबाट कुनै प्रकारको चासो नदेखाएकोले जिस्टो केन्द्रिय समितिको अगुवाईमा भईरहेको स्थायीकरणको आन्दोलनमा मङपु जोनका स्वयसेवक शिक्षक/शिक्षिकावर्गले आआफ्नो बिधालयमा पढ़ाउने कामलाई पर सार्दै प्रत्येकले धर्ना कार्यक्रममा सहभगिता जनाईरहेका छन | आज मङपु क्षेत्रबाट २२ जना स्वयसेवक शिक्षक/शिक्षिकावर्ग धर्नामा बसेका थिए | बर्षौ देखि आफुले पढ़ाईरहेको पाठशालाप्रति सदभावना हुँदाहुदै पाठशालाले स्वयंसेवक शिक्षक शिक्षिकावर्गको अनुपस्थितिमा भोग्न परिरहेको दुखप्रति मङपु जोन जिस्टो परिवार पाठशाला तथा बिधार्थीवर्गमा क्षमाप्राथी बन्दै स्वयंसेवक शिक्षक शिक्षिकाको स्थायीकरणको निम्ति प्रत्येक पाठशालाको प्रधानअध्यापक/अध्यापिकावर्गले पनि सहयोगको हात बढ़ाईदिनेछ भनि जिस्टो परिवार आश्वस्त छ भनि एक बिज्ञप्ती मार्फत संगठनका प्रचारप्रसार सचिव दिवश छेत्रीले जानकारी दिएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?