मङपू युथ
क्लबको तत्वधानमा सम्पन्न
भइरहेको मङपू गोल्ड कप २०१५
आज शेयर एफसी कालेबुंग ( Share FC Kalimpong) अनि
केएफसी सिलिगुडी (KFC Siliguri) माझ सम्पन्न
भयो | शुरु देखि नै जोशपूर्ण
खेलमा दुवै दलका खेलाडीहरुको
उत्कृष्ट प्रदर्शनको उपस्थित
दर्शकहरुले आनन्द उठाएका थिए
| दुवै दलका गोल पोस्टमा आक्रमण
गर्ने क्रममा खेल शुरु भएको
१५ मिनट नबित्दै शेयर कालेबुंगका
खेलाडी जर्सी नम्बर १४ सोनाम
लेप्चाले गरेको एक गोलले झनै
खेल रोचक बनेको थियो | सिलिगुडी
केएफसीका खेलाडीहरुले पनि
गोल बराबरी गर्ने सकभर कोशिश
गरेतापनि प्राय: असफल नै रहेको
थियो भने खेलको अन्तिम पाँच
मिनटमा सिलिगुडीका खेलाडी
जर्सी नम्बर ९९ अमिर लामाले
एक गोल गरेपछि दुवै दल बराबरीमा
आएका थिए | खेलको निर्धारित
समयसम्म पनि हार जीत नहुँदा
निर्णायकले पाँच - पाँच पेनाल्टी
शूटआउट गराउन परेको थियो भने
पेनाल्टीमा केएफसी सिलिगुडी
आजको खेलको विजय दल घोषित भएको
छ | बिजयी दल केएफसी आगमी १ नवम्बरको
दिन नाइटचेस नेपालसित क्वाटर
फाइनल खेल्नेछ |
भोलि
अर्थात १७ अक्टुबरको म्याच
३/११ जीआर हिमाचलको युकेएफसी
खर्सांगसित भिडन्त हुने भएकोले
आयोजक समिति सबैलाई हार्दिक
स्वागत गरेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?