सिटोङ, १० अक्टोबर (सञ्जीव छेत्री) |: सिटोङ क्षेत्रका नवोदित गायक प्रणय गुरुङको पहिलो सांगीतिक कोशेली गीति चक्का पदार्पण (Pranay Gurung music album Padarpan) -को लोकार्पण सम्पन्न भयो | आज सिटोङ एक, डायरी गाउँ जनमैदानमा सम्पन्न विमोचन कार्यक्रममा स्थानीय लोक कलाकार नरबहादुर गुरुङले मादले गीत प्रस्तुत गरे भने मंग्पूका अतिथि कलाकार बेनु बम्जनले आफ्नो एल्बम विपनीमा-बाट गीत प्रस्तुत गरेर दर्शकवर्गलाई मन्त्रमुग्ध तुल्याए |
गीति एल्बम पदार्पणको विमोचन सभापति डीगेल लेप्चा, विशिष्ट अतिथि विक्रम राई, संगीतकर्मी दिल बान्तवा, गायक संगीतकार रमेश खवास, बेनु बम्जन, समाजसेवी महेन्द्र राई, अमरज्योति ग्राम सुधार समितिका सभापति अनि सचिव क्रमैले विकास गुरुङ अनि नितेश छेत्री साथै गायकका माता-पिता दुर्गा गुरुङ अनि बिनिता छेत्रीको बाहुलीबाट सम्पन्न भएको थियो | कार्यक्रममा बोल्दै विशिष्ट अथिति समाजसेवी बिक्रम राई, सिटोङ एकले कलाकारहरु समाजको धन रहेको हुनाले कलाकारहरुलाई प्रोत्साहन दिनु लोकको दायित्व रहेको अनि आफु उक्त दायित्व पालन गर्न सदैव तत्पर रहने बताए | आजको लोकार्पित एल्बम सम्पूर्ण सिटोङकै निम्ति एक सिर्जनात्मक उदाहरण रहेको तिनले बताए | उसैगरी कार्यक्रमका सभापति डीगेल लेप्चाले गायक गुरुङलाई बधाई दिनका साथै स्थानीय क्षेत्रको सांगीतिक इतिहास अनि संगीतकर्मीको देन उल्लेख गरेका थिए | विमोचित एल्बममा ख्यातिप्राप्त संगीतकार प्रदीप छेत्री, सुधीर राई अनि भास्कर प्रधानका एक एक वटा संगीत रचना रहेका छन भने गायक स्वयंले चारवटा गीतहरुमा शब्द अनि संगीत दिएका छन |
कार्यक्रममा स्थानीय प्रतिभा करण थापाले गीत, सुमिकल डान्स इन्स्टिच्युट मंग्पूकी रोजा थापा अनि सिटोङकै प्रयाशा राईले नृत्य प्रस्तुत गरेका थिए भने लोकार्पित एल्बमबाट गायक प्रणय गुरुङले दुइवटा गीत प्रस्तुत गरेका थिए | कार्यक्रममा घलेटार स्वास्थ्य केन्द्रका डाक्टर शुभमय पण्डित, युनस लेप्चा, तितस लेप्चा, रतन गुरुङ, जे बी राई, मणिकुमार राईलगायत अन्य गन्यमान्य साथै स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो | अमरज्योति ग्राम सुधार समितिले आयोजित गरेको कार्यक्रमको सन्चालन संगीतकर्मी एवं शिक्षक रामकुमार छेत्रीले गरेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?