गोर्खा जनमुक्ति मोर्चा मङपू जोनले आज आफ्नो १८ वटा शाखाका प्रतिनिधिहरुलाई लिएर एउटा बिशेष सभा जे०बी० राईको अध्यक्षतामा नालीडांडा स्थित सनराइज नर्सरी स्कूलमा सम्पन्न भएको छ | मोर्चा मङपू जोन सचिव रतन लामाले संचालन गरेको सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, बन बिभाग सभासद रतन थापाको मुख्य उपस्थिति रहेको थियो | सम्भाषणको क्रममा सभासद थापाले सभा गर्नुको औचित्य बताउंदै बर्तमान गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष एवम जीटीए कार्यपाल बिमल गुरुङ गोर्खाल्याण्ड प्रति समर्पित हुँदै अहिले घरि स्वय पैदल यात्रा गर्दै हरेक घर दैलोमा गोर्खाल्याण्डको औचित्य बुझाउंदै हिडेको अव्गात गराए | कालेबुंगबाट शुरु गरिएको यो गोर्खाल्याण्ड जागरण यात्राको निम्ति अध्यक्ष गुरुङले नौ हजार किलोमिटरसम्म पैदल यात्रा गरेर दार्जीलिंग पहाडको हरेक गाउँ - बस्तीमा पुगी गोर्खे सन्तानलाई गोर्खाल्याण्ड प्रति उत्साहित अनि सचेत बनाउनु रहेको पनि सभासदले जनाएका छन् | यो यात्राको घोषणा गरेदेखि यता अध्यक्ष गुरुङले आफ्नो घर, कार्यलय सबै एकातिर छोडेर केवल गोर्खाल्याण्ड प्राप्तिको निम्ति नै जनचेतना फैलाउन अघितिर आइरहेको महान चाहड दशैँ - तिहारको पनि पर्वाह नगरी लागीपरेका छन् भने हामी यहाँ आफूहरु मात्र दशैँको रमझमतिर नभुलिएर सचेत हुँदै अध्यक्ष गुरुङको कदममा कदम मिलाउनु पर्ने आह्वान गरेका छन् | मुख्यत: हरेक गोर्खाहरुले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति आफ्नो मनदेखि नै तयार भएर अघि आउंदै आगमी दिनहरुमा अध्यक्ष गुरुङको गोर्खाल्याण्ड जागरण यात्रामा सहभागी बन्ने अपिल उपस्थित प्रतिनिधिहरुलाई जनाएको छ |
सभालाई सम्बोधन गर्ने क्रममा मोर्चा मंग्पू जोन कानुनी सल्लाहकार राम पोख्रेल, युनियन प्रतिनिधि किशन बुडाथोकी, युवा मोर्चा प्रतिनिधि बिकास गुरुङ अनि दार्जीलिंग तराई डुवर्स प्लानटेशन लेबर युनियन सिन्कोना जोन महा सचिव गगन राई आदिले पनि हरेकले गोर्खाल्याण्डको निम्ति एकार्का प्रतिको मन मुटाउ, भेदभाव छोडेर नेताले नभनी आफै अघि आउने मनाशिकता बनाउन जरुरी रहेको बताएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?