स्थानीय रोङचोङ (Rongchong) “ पहाडी युवा संघ “ वार्षिक खेलकूद समितिको आयोजनामा विगत वर्षहरु झैं यस वर्ष पनि खुल्ला लात्ते भकुण्डो प्रतियोगिताको फाइनल खेल २ अक्टोबर गान्धी जयन्तीको दिन भब्य रुपमा सम्पन्न भयो | गत ५ सेप्टेम्बरदेखि सम्पन्न भइरहेको उक्त खेलमा जम्मा २८ दलहरुले अंशग्रहण गरेका थिए भने फाइनल खेलमा कालीझोडा एनएचपीसीको रम्बी बजार एनएचपीसी सित घमाशान भिडन्त भएको थियो | खुबै रोचक खेलमा रम्बी बजार एनएचपीसीको खेलाडीले खेल शुरु भएको २० मिनट नबित्दै दर्शनीय गोल गरेर आफ्नो दललाई अघि लागेका थिए भने मध्यान्तर पछिको खेलमा फेरि कालीझोडाले १० मिनट नबित्दै १ गोल गरेर बराबरीको मुकाबलामा ल्याएका थिए | निर्धारित समयमा पनि हार – जीत नहुँदा निर्णायकले ट्राइब्रेकरमा निर्णय दिनुपरेको थियो जसमा रम्बी एनएचपीसी बिजयी ट्रफीको हकदार बनेका थिए |
मिलन छिरिङ लेप्चा द्वारा संचालित खेल कार्यक्रममा सभापति डी०बी० गुरुङ रहेका थिए भने मुख्य अतिथि सभासद रतन थापा, विशिष्ठ अतिथिहरुमा प्रदीप छेत्री, रम्बी थाना सहप्रभारी दिनेश थापा, कप डनरमा पप्पु यादव सिलिगुडी, सुमन तामांग, माधव सिन्ग्देल एवम सुन्तले लोहापूल, रोङचोङ आदिका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेका थिए | खेलमा बिजयी अनि पराजय दललाई ट्रफी संगै २० हजार अनि १५ हजारको चेक कार्यक्रममा उपस्थित मुख्य अतिथिको बाहुलीबाट प्रदान गरिएको थियो | यसको साथै बेस्ट मेनर टीम सिलिगुडीको हाम्रो क्लबलाई दिइएको थियो भने सर्वोत्तम खेलाडी रम्बी एनएचपीसीका गोल किपरलाई अनि सर्वोतम गोलदाता एनएचपीसी कालीझोडाका खेलाडीलाई प्रदान गरिएको थियो | यो रोचक खेलको निर्णायक मंग्पूका सन्तोष शशांकर अनि सह निर्णायक बिनोद राई अनि दुर्गा शर्मा रहेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?