देश रक्षाको
निम्ति सिमाना कुर्दा कुर्दै
आफ्नो ज्यान समेत आहुति दिने
मंग्पू विभागका शहिद द्वय सुजित
थापा अनि संजय राईको स्मृतिमा
विगत आठ वर्षदेखि सम्पन्न हुँदै
आएको शहिद कप लात्ते भकुण्डो
प्रतियोगिता मंग्पू विभागीय
खेलकूद समितिको तत्वधानमा
मिडिया पार्टनर हिमालय दर्पणको
साथमा विभागीय जन मैदानमा आजदेखि
शुरु भएको छ | समिति अध्यक्ष
प्रेम छिरिङ भुटियाको अध्यक्षता
अनि अशित थापाले संचालन गरेको
खेल शुरुवाती कार्यक्रममा
मुख्य अतिथि बगान व्यवस्थापक
नरेश बराइली, विशिस्ठ अतिथि
हेड क्वाटर म्यानेजर बिदुर
कार्की, मंग्पू विभागीय बडाबाबु
असिम शर्मा, विभागीय गयाङमेन
हरिप्रसाद राई अनि गाउँका वारिष्ट
व्यक्तित्व आदिको उपस्थिति
रहेको थियो |
शुरुमा मुख्य अतिथि नरेश बराइलीको
बाहुलीबाट राष्ट्रीय पिता
महात्मा गान्धीको तस्वीरमा
खादा अर्पण अनि धुप जलन गरेपछि
सिद्धार्थ मेमोरियल स्कूलका
नानीहरु द्वारा मैदानमा सुन्दर
ड्रिल प्रदर्शन गरिएको थियो
| समितिको पक्षबाट लिला बहादुर
छेत्रीले स्वागत सम्भाषण राखेपछि
शहिदहरुको स्मरणमा दुई मिनटको
मौन धारण पनि गरिएको थियो |
यसरी नै प्रदर्शनी खेलमा पहिले
मंग्पू विभागीय कर्मचारी अनि
सिन्कोना फ्याक्ट्री कर्मचारीहरु
माझ रोचक खेल सम्पन्न भएको
थियो जसमा सिन्कोना फ्याक्ट्री
कर्मचारी दल बिजयी बनेका थिए
| आजको मुख्य खेल पहाडी युवा
संघ रोङचोङको मंग्पू बोइस क्लबसित
घमासान भिडन्त भएको थियो | शुरुदेखि
नै धुवाँदार खेलमा १० मिनट
नबित्दै पहाडी युवा संघ रोङचोङले
एक गोल गरेर बिपक्षी दललाई
तर्साएका थिए भने दोश्रो चोटि
फेरि एक गोल गर्दै प्राय: जीत
निश्चित गरिसकेका थिए | यता
मंग्पू बोइस क्लबले पनि खुबै
आकर्षक खेल प्रस्तुत गर्दै
बिपक्षीको गोल पोस्टमा एकाधिक
प्रहार गरेपनि प्राय: विफल
नै बनेका थिए | उतरार्धको खेलमा
लाखौँ प्रयास पछि मंग्पू बोइस
क्लबले एक गोल गरि खेल केही
आश लाग्दो बनाए पनि निर्धारित
समय सकिएको हुँदा अन्तमा पहाडी
युवा संघ रोङचोङको अघि घुँडा
टेक्न बाध्य बनेका थिए | आजको
खेल निर्णायक सन्तोष विश्व
रहेका थिए भने खेल अवधि उनले
पहाडी युवा संघ रोङचोङका दुई
खेलाडीहरुलाई पहेंलो कार्ड
देखाउन परेको थियो | ५ तारिखको
खेल सिम्ले युनाइटेड बनाम मंग्पू
विभाग “ए “ माझ सम्पन्न हुने
जानकारी गराउंदै आयोजक समितिले
खेलप्रेमी सम्पूर्ण दर्शकहरुलाई
हार्दिक स्वागत जनाएका छन्
||

Post a Comment
We love to hear from you! What's on your mind?