आगमी १४ अनि १५ नवम्बर २०१५ को दिनहरुमा ब्रिटिशको पालोदेखि नै "तमाशा " को नामले सम्पन्न भएर आइरहेको ऐतिहासिक दुई दिने मेला संगै वार्षिक दिपावली क्रिडा संगम (Mungpoo Annual Diwali Sports Meet) यस वर्ष पनि मङपू खेलकूद संघको तत्वधानमा मङपू जन मैदानमा भव्यताको साथ विविध रंगारंगी कार्यक्रम बिच सम्पन्न हुने भएको छ | प्रथम दिनको कार्यक्रममा अन्तर विभागीय खेलकूद सम्पन्न गरिनेछ जसमा सरकारी कुइलेन बगानका श्रमिकवर्गको बिशेष प्रतिभागिता रहनेछ भने कतिपय खेलहरु खुल्ला रुपमा राखिनेछ | दोश्रो दिनको क्रिडा संगम मङपूका विभिन्न विधालयहरु माझ सम्पन्न हुनेछ जसमा उच्चतर माध्यमिक विधालय, माध्यमिक विधालय, निम्न माध्यमिक विधालय, माध्यमिक शिक्षा केन्द्र, प्राथमिक पाठशाला लगायत क्षेत्रका समस्त गैर सरकारी विधालयहरुको पनि सहभागिता रहनेछ |
यस क्रिडा संगममा कालेबुंगको चर्चित विधालय एसयुएमआईको ब्याण्ड प्रदर्शनी पनि रहनेछ भने सांस्कृतिक कार्यक्रम अन्तर्गत अन्तर विभाग लोक नृत्य प्रतियोगिता यसै कार्यक्रमको मध्यान्तरमा सम्पन्न हुने भएको छ |
दुवै दिनको क्रिडा संगममा बिशेष आकर्षण म्याराथान दौड रहनेछ जसमा प्रथम दिन युवाहरुले म्याराथान दौडमा भाग लिनेछ भने दोश्रो दिन यो दौड युवतीहरुको निम्ति मात्र हुनेछ |
यसरी नै दोश्रो दिनको आकर्षणमा मध्यान्तरको समय सिङगी नृत्यको प्रदर्शनी रहने छ | उक्त दुई दिवसीय वार्षिक दिपावली क्रिडा संगममा मङपू लगायत समस्त दार्जीलिंग पहाडलाई नै हार्दिक निमन्त्रना संगै प्रकाश पर्व अर्थात दिपावलीको मंगलमय शुभकामना संघका महा सचिव राम पोख्रेलले एक प्रेश विज्ञप्ति मार्फत जनाएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?