मङपुको दुई दिवशीय बार्षिक दिवाली क्रिडा संगम (Annual Dewali Sports Meet ) आज मङपु जनमैदानमा सिन्कोना
बगान व्यवस्थापक एनके बराईलीको
बाहुलीबाट मङपु खेलकुद संघको
झण्डा उत्तोलन गरि शुरु गरियो | समरोहको
शुरुमा स्थानीय विधालयका बिधार्थीहरुले
मार्चपास्ट परेड प्रदर्शन
गरे जसको सलामी समारोहका प्रमुख
अतिथि सिन्कोना बगान निर्देशक
डा.सामुएल राईले लिएका थिए | यसरी
मङपु खेलकुद संघका सचिव राम
पोख्रेलले स्वागत सम्भाषण
राखे पछि अन्तर विभागीय खेलकुद
सम्पन्न भयो | बिशोर कार्कीले
संचालन गरेको समारोहमा बिशिष्ट
अतिथि गोपाल लामा अनि बी.बी.बस्नेत
उपस्थित थिए | आज सम्पन्न भएको
प्रथम दिनको खेलकुद प्रतियोगितामा
केटाहरु माझ खुल्ला म्याराथन
प्रतियोगिता राखिएको थियो
जसमा प्रथम रमेश तामाङ एसयुएमआई, दोश्रो
उत्तम भुजेल एसयुएमआई अनि तेस्रो
सरोज तामाङ जिङलाम टीस्टेट
बन्न सक्षम बने | यसरी अन्तर
विभागीय माझ सम्पन्न भएको आजको
खेकुद प्रतियोगितामा ५० अंक
लिएर रेसेप विभाग प्रथम, २०
अंक लिएर मङपु विभाग दोश्रो
अनि १८ अंक लिएर रम्बीबीचकमान
विभागले तेस्रो स्थान प्राप्त
गर्न सफल भए | आजको खेलकुद समारोहमा
एसयुएमआई कालेबुङले ब्याण्ड
डिस्प्ले गरे भने मङपु सरस्वती
विधालय,शारदा विधालय,कस्तुरी
एमएसके ,सन्तमंगल एकाडमीका
नानीहरुले मार्चपास्ट प्रदर्शन
एवं ब्याण्ड डिस्प्ले गरे | यस्तै
प्रकारले दुई दिवशीय खेलकुद
समारोहको भोली १५ अक्टुबर आइतबारको
दिन स्थनीय विधालयहरुमाझ खेलकुद
प्रतियोगिता,परेड प्रतियोगिता
अनि केटीहरु माझ खुल्ला म्याराथन
दौड़ राखिएको छ यसर्थ उक्त खेलकुद
समारोहमा मङपु खेलकुद संघ सबैलाई
स्वागत गर्दछ |

Post a Comment
We love to hear from you! What's on your mind?