घरमा कोही नभएको समय हिज मध्य
रात ११ बजे मङपु लाब्दा बस्ती
निवासी दिपेन्द्र राईको घरमा
आगलागी हुदा दुईवटा घर संगै
प्राय चार लाख जतिको सम्पति
जलेर खरानी भएको छ | स्थानीय
गाउँलेहरुले घरमा लागेको आगोलाई
नियन्त्रणमा ल्याउन खोज्दा खोज्दै
आगोको मुस्लो ज्यादा भएको कारण
अग्नीपीडित परिवारले आफुले
लगाएको लुगा बाहेक अन्य कुनै
पनि सर समान घरबाट निकाल्न नसकिएको
स्थानीय गाउँले उत्तम मुखियाले
जानकारी दिएका छन | आगोले दुई वटा काठको भान्सा
घर अनि मुल घर जलेर खरानी भएको
छ | सर्टसर्किटको कारण नै घरमा
आगलागी हुन सक्ने स्थानीय
गाउँलेहरुले अनुमान लगाएको
छ | आगलागी भएको समय घरको काम
लिएर जेठा छोरा दिपेन्द्र
राई कोलकोत्ता गएका थिए भने
घरको आमा डोमा राई मात्र रहेको
कारण छिमेकी घरमा सुत्नु गएको
जानकारी प्राप्त भएको छ | आमा
छोरा मात्र रहेको दुई परिवारको
घर जलेर खरानी भए पछि अहिले
उनिहरु छिमेकी घरमा आश्रय
लिन बाध्य छन | आज लाब्दा ग्राम
पंचायतका कर्मीले उक्त घटना
स्थलमा परिभ्रमण गरेता पनि
अग्नीपीडित परिवारले कुनै
पनि राहत सामग्री नपाएको
गुनासो रहेको छ | मङपुमा नै अग्नीसमन
केन्द्र भएको भए घर आगलागीबाट
आधा जोगाउनु सकिने बताउदै झट्टै
मङपुमा एउटा अग्नीसमन केन्द्र निर्माण गर्न पर्ने स्थानीय
जनताले मांग गरेको छ | यस दुखद
घटना भएको सुन्न साथ जीटीए
बन विभागक कार्यकारिणी सभासद
एव क्षेत्रीय सभासद रतन थापाले
पीडित परिवारलाई केहि आर्थिक
सहयोग दिदै जीटीए “हाम्रो घर
योजना” मार्फत घर निर्माण
गरिदिने आश्वाशन दिएका छन् | यस दुखको
घडीमा अग्नीपीडित परिवारलाई
सहयोग गर्न सम्पूर्ण संघसंस्था
अघि आइदिने गाउँलेहरुले अपील
गरेका छन |

Post a Comment
We love to hear from you! What's on your mind?