मङपू जन मैदानमा बिगत चार अक्टुबरदेखि सम्पन्न भइरहेको मंग्पू गोल्ड कप दशैँको छुट्टीपछि पहिलो राउण्डको क्वाटर फाइनल आज केएफसी सिलिगुडी (KFC Siliguri) अनि नाइटचेस नेपाल (Knight Chess Nepal) माझ सम्पन्न भयो | दुवै दलका अपार प्रसंशकहरुको हौसला बिच सम्पन्न भएको खेलमा पूर्वार्धमा नाइटचेस नेपालले खुबै रोचक खेल प्रदर्शन गरेका थिए भने बिपक्षीको गोल पोस्टमा बारबार आक्रमण गरेर दर्शकहरुलाई खुबै उत्तेजित पार्न सफल भएका थिए | सिलिगुडी एफसीले पनि नेपालको बिरुद्धमा सकेसम्म प्रयास गर्दा पनि पूर्वार्धको खेलमा कसैले पनि गोल छिराउन सकेन | उतरार्धको खेल अवधि केएफसी सिलीगुडीको खेलामा धेरै सुधार आउंदै नेपाललाई बराबरीको टक्कर दिएका थिए | अन्तिम क्षणमा दुवै दलले गोल गरेर आफू सेमीफाइनलमा प्रवेश गर्ने जोडदार प्रयास गरेका थिए | आजको धुवाँदार खेल अनि दर्शकहरुको चेयर अफले थर्किएको खेल अवधि नेपालका खेलाडी जर्सी नम्बर ५ र ६ लाई निर्णायकले पहेंलो कार्ड सम्म देखाउनु परेको थियो भने नाइटचेस नेपालको टीममा जर्सी नम्बर ५ विजय धिमाल अनि बिष्णु सुनुवार थ्री स्टारबाट साथै बिक्रम लिम्बु अनि हेम गुरुङ मनाङ मर्साङदी जस्ता नेपालका नामी क्लबबाट लिएको थियो | निर्धारित खेल अवधिसम्म पनि कुनै दलले गोल गर्न नसक्दा अन्तमा ट्राइब्रेकरमा केएफसी सिलिगुडी मंग्पू गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ | यता नाइटचेस नेपाल भने बाइमा बसेर आज पहिलोपल्ट क्वाटर फाइनल खेलेको भएतापनि आजदेखि यस टुर्नामेन्टको बाँकी खेलहरुदेखि बाहिरीनु परेको छ |
भोलि अर्थात २ नवम्बरको म्याच बिर्तामोड नेपाल बनाम ३/११ जीआर हिमाचल माझ सम्पन्न हुनेछ |

Post a Comment
We love to hear from you! What's on your mind?