सिटोङ, (सञ्जीव छेत्री) | इस्कुसका झ्याल, करेला, फर्सी, लौका, कुभिन्डो इत्यादिका लहरा झ्याम्मै भएर तान्द्राङ र तुन्द्रुङ्ग फलेका सुकेका सुन्तलाका बोटहरु देख्दा कृषकहरु विरक्त बन्न थालेको सिटोङ त्यही हो जहाँ आजभन्दा दुइचार वर्षअघि स्थानीय वासिन्दा श्रमजीवी कृषकहरुको सबैभन्दा असल, भरपर्दो अनि महङ्गो नगदे बाली सुन्तला नै थियो | सुन्तला लटरम्मै फलेको बेला सम्पूर्ण गाउँ नै सुनको बर्कोले छोपिएको जस्तो देखिने सिटोङका अधिकांश क्षेत्रमा अहिले सुन्तला हेरिनसक्नु गरि सुकेर गएकोले सुन्तलाको फसलमा भर परेका कृषकहरुलाई भनिनसक्नु मर्का परेको छ | वर्षभरि खान-लाउन, चाडबाड धान्न, नानीहरु पढाउन, बिहे-बटुल, मरौ-परौ, घुमघाम सबैको निम्ति खर्च निस्किने सुन्तलाको खेती बिग्रेर जाँदा खप्नुपरेको आर्थिक मारले आफुलाई असहाय बनाएको एक कृषक बताउँछन् | बितेका केहि वर्षयता सिटोङ एक, दुइ, तीन गरेर तीनैवटा ग्रामपन्चायत क्षेत्रमा सुन्तलाको खेति बिग्रेर गएको छ | गाउँघरमा चलेको उपायहरु साथै विशेषज्ञहरुको परामर्शअनुसार बिभिन्न उपायहरु गरिएको भए पनि कसैगरि सुन्तलाका बोटहरु एकैचोटी खंग्रङग सुक्ने बिमारीको उपचार भने हुनसकेको छैन | उसरी नै सुन्तला खेतीमाथि लागेका अन्य धेरैवटा रोगहरुले स्थिति जटिल भएर गयो अनि अन्ततः हाल तीस प्रतिशत जस्तो मात्र सुन्तला बोटहरु बाँचेका देखिन्छन | तिनमा पनि सुन्तलाको पात, फल काण्ड आदिको आकार र रङमा निकै फरक आउनथालेको मानिसहरु बताउँछन | सुकिसकेका सुन्तला-बोट हाललाई लहरे फसलको थांक्रा अनि पुरै सुकेपछि दाउराको रुपमा प्रयोग गर्नुपर्दा मन कुडिएपनि कृषकहरु विवश छन | सुन्तला खेतीमा ढुक्क भर परेर बाँचेका मानिसहरु हालका दिनमा त्यसको विकल्पस्वरूप अनेक खेती र उपायहरु अप्नाउन खोजिरहेका देखिन्छन तर सुन्तलाजत्तिको भरपर्दो र आर्थिक दृष्टिले तगडा खेती अरु नभएको उनीहरुको अनुभव छ भने सालमा एकचोटी मनग्गे फल्ने सुन्तलाको व्यापार गरेर आर्थिक उपार्जन गर्ने स्थानीय व्यापारीहरुलाई पनि मर्का परिरहेको छ |
अर्कोतिर सिटोङ क्षेत्रमा लगातार फस्टाएर गइरहेको पर्यटन व्यवसायलाई पनि सुन्तला खेतीमा आएको ह्रासको कारण निक्कै असर पर्ने सम्बन्धित व्यक्तिहरु बताउँछन | सिटोङमा पर्यटनको प्रमुख आकर्षणमध्ये सुन्तला पनि एक रहेको छ | सुन्तला पाकेको समयमा सम्पूर्ण क्षेत्र नै मोहक अनि लोभलाग्दो बन्ने हुनाले त्यो छेक पारेर आउने प्राय पर्यटक दोहोरयाई-तेहेरयाई आउने गरेको स्थानीय पर्यटन व्यवसायीहरुको अनुभव छ | अहिले आएर सुन्तलाको यो अधोगति शुरु भएको हुनाले त्यसको कुप्रभाव पर्यटन व्यवसायलाई पनि पर्ला भन्ने आशंकाले उनीहरु त्रस्त देखिएका छन | सुन्तलाको खेतीमा देखा परेको समस्याले चौतर्फी आर्थिक चपेटमा परेका भुक्तभोगी खेतीवाल, सुन्तला व्यवसायी साथै पर्यटन व्यवसायी गालामा हात राखेर सोच्न वाध्य देखिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?