बदला काम, स्थायीकरण, पदोन्नति विषय लिएर निर्देशकसित अन्तर्वार्ता

Chimney of Mungpoo cinchona quinine factory
गत जनवरी २५ को दिन क्षेत्रीय सभासद रतन थापा, गोजमुमो मङपू जोन, दार्जीलिंग तराई डुवर्स प्लान्टे शन लेबर युनियन, जनमुक्ति कर्मचारी संगठन एवम अवकाश प्राप्त कर्मचारी संगठनका प्रतिनिधिवर्गको संयुक्त टोलीले सिन्कोना निर्देशकको कार्यलयमा एक अन्तर्वार्ता बसेको छ | यस अन्तर्वार्ता कार्यक्रममा व्यवस्थापक, सरकारी कुइलेन बगान तथा हेड क्वाटर म्यानेजर निर्देशक कार्यलयको उपस्थिति रहेको थियो | वार्तामा धेरै लामो समयदेखि भूतपूर्व कर्मचारी सिन्कोना बगानले बदली काम नपाएर झेल्दै आएको पारिवारिक अनि आर्थिक संकट बारे लामो बहस चलेपछि यसै फरवरी महिनादेखि २००७ सम्म अवकास ग्रहण गरेको कर्मचारीवर्गको अस्थायी रुपमा बगानमा काम गरिरहेको श्रमिकको छोरा/छोरीलाई स्थायी गर्ने कार्य गराउने सहमति गरियो | यसरी नै २००८ देखि २०१५ सम्मका जति पनि अवकास ग्रहण गरेका कर्मचारीको पनि बदला काम पनि फरवरी महिना देखि नै अस्थायी रुपमा काम दिने निर्णय भएको छ | यसै अनुरुप जति पनि सिन्कोना बगानमा पदोन्नतिको निम्ति रिक्त पदहरु छन् त्यसमा पनि झट्टै पूर्ण गर्न पर्ने माग राखिएको अनुसार फरवरी महिनादेखि पदोन्नति प्रक्रिया चालु गर्ने निर्णय भयो |

यसरी नै १९९९ सालदेखि सिन्कोना बगानमा सरकारको उदासिन नीतिको कारण बन्द हुन लागेको सिन्कोनालाई पुन: जीवित गराउंदै गोजमुमो स्थापना काल २००७ देखि सिन्कोना बगानमा मोर्चा अध्यक्ष  बिमल गुरुङको उद्धार सोंचले सुचारु भएको, सबै बदला काम खुलेको, पदोन्नति गरिएको भएपनि विभिन्न कारण देखाएर दश वर्ष भन्दा कम नोकरी भएका कर्मचारीहरुको पेन्सन सुविधा नपाएका कारण, पेन्सन हुनपर्छ भन्ने मागलाई जोड दिंदै उठान गरिएको कारण सिन्कोना निर्देशक डा० सामुयल राई द्वारा अब उसो सम्पूर्ण पेन्सनको काम झट्ट हुनु पर्ने निर्देश व्यवस्थापकलाई दिइयो , यसमा सम्पूर्ण कर्मचारीवर्गले हर्ष प्रकट गरेका छन् |

अन्तर्वार्तामा गोजमुमो मङपू जोन सभापति प्रदिप छेत्री, सचिव रतन लामा, दातडुप्लालेयु सिन्कोना जोन सचिव गगन राई, दातडुप्लालेयु मङपू जोन सभापति सुरेन राई, सचिव किशन बुडाथोकी, जकस सभापति सीपी शर्मा, सचिव प्रेम शेर्पा, अवकास प्राप्त कर्मचारी संगठन पदाधिकारीवर्गमा डीएस लोहार, एसबी गुरुङ, डी कुमार परियार, युवा मोर्चा सभापति बिकास गुरुङ, सचिव बिज्ञान मिश्रको उपस्थिति रहेको जोन सचिव रतन लामा द्वारा एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ||

गत जनवरी २५ को दिन क्षेत्रीय सभासद रतन थापा, गोजमुमो मङपू जोन, दार्जीलिंग तराई डुवर्स प्लान्टे शन लेबर युनियन, जनमुक्ति कर्मचारी संगठन एवम अवकाश प्राप्त कर्मचारी संगठनका प्रतिनिधिवर्गको संयुक्त टोलीले सिन्कोना निर्देशकको कार्यलयमा एक अन्तर्वार्ता बसेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.