सिम्ले युनाइटेड
बोइज क्लब (Simley United Boys Club) मङपू को आयोजनामा
सम्पन्न भएको नक आउट फूटबल
टुर्नामेन्ट (Football Tournament) तथा स्व० निरुकला
तामांग स्मृति कप २०१६को चुडान्त
खेल गणतन्त्र दिवसको एक भब्य
समारोहको साथ सम्पन्न भएको
छ | गाउँका बरिष्ठ व्यक्ति एसएम
राईको अध्यक्षतामा सम्पन्न
समारोहमा मङपू लाब्दा समष्टि
सभासद रतन थापाको मुख्य आतिथ्य
रहेको थियो | अरिफ मंगरले संचालन
गरेको कार्यक्रममा सभासद थापाको
बाहुलीबाट राष्ट्रीय ध्वज
उत्तोलन गरेपछि राष्ट्रीय
पिता महात्मा गान्धीको तस्वीर
अघि दीप प्रज्वलन गरिएको थियो
भने स्थानीय कलाकारहरु द्वारा
सुन्दर नृत्यहरु पनि प्रस्तुत
गरिएको थियो | यसरी कार्यक्रमको
औपचारिकता पुरा गरेपछि खेल
प्रेमी दर्शकहरुको अपार भीडले
प्रतिक्षा गरेको प्रमुख आकर्षण
गोरुबथान एफसी बनाम प्रशान्ति
ग्राम एफसी माझको फाइनल खेल
सम्पन्न गरियो | अति नै रोमान्चक
अनि उत्कृष्ट खेल प्रदर्शन
गरेपनि दुवै दलले अन्तिम निर्धारित
समयसम्म पनि कुनै गोल गर्न
नसकेपछि ट्राइ ब्रेकरमा प्रशान्ति
ग्राम एफसीले हार स्वीकार्नु
परेको थियो | उक्त नक आउट टुर्नामेन्टको
बिजेता दल गोरुबथान एफसीलाई
एक तोला शुद्ध सुनको प्लेट
जडित स्व० निरुकला तामांग स्मृति
कप साथै नगद राशी ५०,००० रुपियाँ
पनि प्रदान गरियो भने उप विजेता
दललाई आकर्षक ट्रफी अनि नगद
३०,००० रुपियाँ प्रदान गरियो
| टुर्नामेन्टको उत्कृष्ट खेलाडी
गोरुबथान एफसीका दिपंकर प्रधान
(बन्टी ) लाई चयन गरिएको थियो
भने सोरेङ एफसीलाई उत्कृष्ट
दल साथै प्रशान्ति ग्राम एफसीका
राजीब राईलाई सर्वाधिक गोलर
अनि गोरुबथान एफसीको बिकास
राईलाई फाइनल खेलको सर्वश्रेष्ठ
खेलाडी चयन गरियो | वहाँहरु
प्रत्येकलाई समितिको पक्षबाट
आकर्षक ट्रफी अनि एक - एक हजार
रुपियाँ पनि प्रदान गरियो |
आधुनिक प्रक्रियाहरु समेटेर
आयोजना गरिएको उक्त टुर्नामेन्टलाई
सफल गराउनमा समितिलाई भरपूर
सहयोग पुराउने सम्पूर्ण ग्रामबासी,
शुभचिन्तक लगायत सम्पूर्णमा
समति अध्यक्ष सुजीत थापा अनि
सचिव भानु थापाले आभार प्रकट
गरेको जानकारी एक विज्ञप्ति
मार्फत अरिफ मंगरले दिएका छन्
||
सिम्लेमा गणतन्त्र दिवस पालन संगै फूटबल फाइनल सम्पन्न
30Jan2016
Post a Comment