बाघखोर जनमैदानमा बाल खेलकूद सम्पन्न

Republic day sports baghkhor ground mungpoo
भारतको ६७औं गणतन्त्र दिवसको अवसरमा मङपूको लाब्दा विभाग स्थित बाघखोर जन मैदानमा बाल खेलकूद समारोहको आयोजन गरिएको छ | विगत ९० को दशकमा यसै मैदानमा २६ जनवरी गणतन्त्र दिवसमा भब्य खेलकुद सम्पन्न हुने गर्दथ्यो भने बिचमा केही कारणवश सो कार्यक्रम हुन छोडेको थियो भने यो वर्षदेखि फेरि सोही ऐतिहासिक कार्यक्रमलाई निरन्तरता दिने कार्य शान्ति धुरा खेलकूद समितिले गरेको छ | सिन्कोना व्यवस्थापक बिदुर कार्कीको सभापतित्वमा सम्पन्न भएको आजको कार्यक्रममा प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, बन विभाग सभासद रतन थापाको प्रमुख आतिथ्य रहेको थियो | आजको खेलकूद कार्यक्रममा स-साना नानीहरुको निम्ति विभिन्न खेलकूद संगै रंगारंगी कार्यक्रमको पनि आयोजना गरिएको थियो | शुरुमा सभासद थापाको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरेर संचालन गरिएको कार्यक्रममा सिन्कोना बगानका भूतपूर्व निर्देशक डा० जीसी सुब्बालाई गाउँलेको पक्षबाट सम्मान जनाइएको थियो भने यसै कार्यक्रममा बाघखोर जनमैदान निर्माण गर्ने हातहरुमा अवकाशप्राप्त ब्याक्तित्व भक्त बहादुर राईको पनि रहेको हुँदा उनलाई पनि कार्यक्रममा सम्मान जनाइएको छ |    

भारतको ६७औं गणतन्त्र दिवसको अवसरमा मङपूको लाब्दा विभाग स्थित बाघखोर जन मैदानमा बाल खेलकूद समारोहको आयोजन गरिएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.