सिन्कोना अनि अन्य औषधीय पौद्दाहरु
जीटीए अनि कृषि विज्ञान केन्द्र
र उत्तर बंग कृषि बिश्व विधालय
कालेबुङको सयुक्त आयोजनमा
आगमी २ फरवरी देखि ५ फरवरी २०१६
सम्म चार दिने तक्निकी सप्ताह अनि रवि कृषि महोत्सव ((Technology week and Ravi Krushi Mahotsav sponsored by NABARD) मङपु
जनमैदानमा सम्पन्न हुने
जानकारी मङपु सिन्कोना बगान
हेडक्वाटर व्यवस्थापक बिदुरी
कार्कीले दिएका छन् | उनले बताए
अनुसार उक्त चार दिने मेलाको
प्रायोजक नाबार्ड दार्जीलिङ (NABARD Darjeeling) ले
गर्ने भएको छ भने मेलामा
बिशेष गरेर सुन्तला अनि बड़ा
अलैची माथि सेमिनार राखिएको
छ | मेलाको बिशेष आकर्षण कृषि
प्रदर्शनी एवं प्रतियोगिता ,तक्निकी
प्रदर्शनी, कृषि वैज्ञानिक
कार्यशाला,पुस्तक मेला,पशु
प्राणीलाई टिकाकरण एव औषधी
बितरण, उन्नत जातको फलफूलको
बीज बितवरण अनि प्रत्येक दिन
साँझ ४ बजे देखि ६ बजे सम्म साँस्कृतिक
मेला सम्पन्न हुने भएको छ | उक्त
चार दिने मेलामा उपस्थित भई
स्थानीय कृषक दाजुभाईहरुलाई मेलाको
लाभ उठाइदिने आयोजक समिति
सबैलाई हार्दिक स्वागत गर्दछ ||
२ देखि ५ फरवरी मङपूमा तक्निकी सप्ताह अनि रवि कृषि महोत्सव मेला हुने
29Jan2016
Post a Comment