शीतकालिन फूटबल प्रशिक्षण शिविर सम्पन्न

Winter Footbal Coaching Camp Mungpoo
मङपू विभागीय फूटबल अकादमी (Mungpoo Football Academy) को तत्वधानमा गत वर्ष २७ दिसम्बर देखि सम्पन्न भइरहेको शीतकालिन फूटबल प्रशिक्षण शिविर (Winter Football Coaching Camp) को आज समापन भएको छ | २०१० सालमा स्थापित यस फूटबल अकादमीले स्थापना कालदेखि नै हरेक वर्ष शीतकालिन फूटबल प्रशिक्षण दिइदै आइरहेको छ भने यो प्रशिक्षणको छैटौं वर्ष हो | अजय राई अनि किशोर थापाले संचालन गरेको समापन कार्यक्रममा स्वागत भाषण अरिफ मंगरले राखेका थिए भने कार्यक्रमको सभापतिको भार अकादमीकै अध्यक्ष एवम सारदा उच्च विधालय प्रधान अध्यापक प्रकास चन्द्र राइले बहन गरेका थिए | कार्यक्रममा प्रशिक्षण शिविरको मुख्य प्रशिक्षक सोनाम वाङदी भोटिया भूतपूर्व खेल शिक्षक एसयुएमआइ कालेबुंग अनि सह प्रशिक्षक चर्चित खेलाडी भास्कर थापा सिटोङको विशेष उपस्थिति रहेको थियो भने सिटोङका पूर्व खेलाडी एवम पूर्व गयाङमेन एसबी बाग्दास अतिथिको रूपमा उपस्थित थिए | कार्यक्रममा सिटोङ अनि मङपू क्षेत्रका प्रशिक्षनार्थीहरुलाई लिएर तीनवटा प्रदर्शनी म्याच पनि सम्पन्न गरिएको थियो | आफ्नो सम्बोधनको क्रममा मुख्य प्रशिक्षक सोनाम वाङदी भोटियाले प्रशिक्षण दिंदा आफ्नो नाम कमाउनु र आयोजक समिति चर्चित बन्नु जस्तो उदेश्य लिएर गर्नु नहुने साथै प्रशिक्षनार्थीहरुलाई ठूलो - ठूलो सपना देखाउँदै क्लबहरुतिर हालिदिन्छु भन्दै झूटो आशा देखाउनु नहुने बताउंदै प्रशिक्षणको उदेश्य केवल सक्षम खेलाडी  बनाउनु रहेको अनि खेलाडीहरुले यसै कुरोलाई ध्यानमा राखेर नियमित प्र्याकटिस गरे भविष्यमा उनीहरुलाई यही खेलले चर्चित क्लबहरुतिर खेल्ने भाग्य जुराउने बताए | अन्तमा आजसम्मका सम्पूर्ण प्रशिक्षनार्थीहरुलाई प्रमाण पत्र दिंदै यस वर्षको शीतकालिन प्रशिक्षण शिविर समापन भएको छ ||

मङपू विभागीय फूटबल अकादमी (Mungpoo Football Academy) को तत्वधानमा गत वर्ष २७ दिसम्बर देखि सम्पन्न भइरहेको शीतकालिन फूटबल प्रशिक्षण शिविर (Winter Football Coaching Camp) को आज समापन भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.