स्वर सम्रागी अरुणा लामा माथि बितचित्र तयार गर्न एबीएन च्यानल मङपूमा

अब चाडै नै भारतमा पनि नेपाली सेटलाईट च्यानलको शूरुवात हुन लागिरहेको छ भने उक्त सेटलाईट नेपाली च्यानलको नाम “अखिल भारतीय नेपाली च्यानल” अर्थात (एबीएन) (All Bharatiya Nepali ABN Channel) 
All Bharatiya Nepali ABN channel shooting in Aruna lama statue mungpoo
राखिएको छ जसको लोगो गत बर्ष १६ सेप्टेम्बर २०१५ मा तीज पर्वको दिन दिल्लीमा सार्वजनिक भईसकेको जानकारी यसै च्यानलका निर्देशक रुबेन गुरुङले दिएको छ | रुबेन गुरुङले जनाए अनुसार उक्त अखिल भारतीय नेपाली च्यानल”(एबीएन)को शुरुवात आगामी अप्रेल महीनाको पहिलो साता तिर हुनेछ भने यस गोर्खा नेपाली च्यानल खोल्नुको मुख्य उदेश्य हाम्रो गोर्खे नेपाली जातिमा रहेका प्रतिभाहरुलाई समेटेर बिश्व सामु चिनाउनु मुल लक्ष्य रहेको कुरो जनाए | उनले यस नेपाली च्यानलको  मुख्य कार्यलय सिलगडीमा रहने भएता पनि दिल्ली,आसम गुहाटी, दार्जीलिङ,सिक्किम कालेबुङ खर्साङ लगायत भारतको अन्य ठाउमा यसको शाखा कार्यलय  खोलिने बताउदै हाल चयनलको निम्ति क्राइम कार्यक्रम “चक्रब्यु” रेकर्ड भईरहेको अनि यस च्यानलले शुरुमा यस क्षेत्रका साहित्य,संगीत,कला,कृषि,पर्यटन आदि कुराहरुलाई प्राथमिकता दिदै कार्यक्रम प्रसारण गर्ने योजना रहेको कुरो जनाए यसै | नेपाली च्यानलले  नेपाली संगीत जगतका स्वर सम्रागी अरुणा लामा माथि वितचित्र  निर्माण गर्ने क्रममा आज च्यानल टोली मङपु आईपुगेको कुरो रुबेन गुरुङले जनाए | स्मरण रहोस मङपुमा स्वर सम्रागी अरुणा लामा  (Aruna Lama) ले बाल्यकाल  जीवन साथै बाल्य शिक्षा यहाँकै युपी रेसेप प्राथमिक पाठशालाबाट लिएका थिईन भने उनले बाल्यावस्थामा संगीत आर्जन पनि मङपुमा नै गरेका कुरा स्थानीय बयोवृद्धव्यक्तिहरु बताउछन् | यसरी मङपुमा अरुणा लामा सालिग़ निर्माण समितिले स्थानीय निर्मला चोकमा अरुणा लामा सालिग़ स्थापना गरिसकेका छन् | आज एबीएन टोलीलाई मङपुका साहित्यकार सुरेन्द्र थिंङले अरुणा लामाले मङपुमा बिताएको बाल्यकाल जीवनी माथि दुई कुरा राख्दै अन्तर्वार्ता दिए भने च्यानल टोलीले अरुणा लामाले बाल्यकाल  मङपुमा बसेको घर अनि उनले बाल्य शिक्षा आर्जन गरेको युपी रेसेप प्राथामिक पाठशालाको पनि सुटिंग अर्थात् भिज्युएल  गरे | आजको सुटिंङ अवधि च्यानलका पक्षबाट रुबेन गुरुङ,क्यामराम्येन सुनिल सिङ,सृंगारकर्ता ऋतु छेत्री अनि सहयोगी मैताराज राना अनि अरुण खवास उपस्थित थिए ||

अब चाडै नै भारतमा पनि नेपाली सेटलाईट च्यानलको शूरुवात हुन लागिरहेको छ भने उक्त सेटलाईट नेपाली च्यानलको नाम “अखिल भारतीय नेपाली च्यानल” अर्थात (एबीएन) (All Bharatiya Nepali ABN Channel) राखिएको छ जसको लोगो गत बर्ष १६ सेप्टेम्बर २०१५ मा तीज पर्वको दिन दिल्लीमा सार्वजनिक भईसकेको जानकारी यसै च्यानलका निर्देशक रुबेन गुरुङले दिएको छ |

Read latest post filed under mungpoo news, TV movie

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.