गोजामुमो मङपु लाब्दा समष्टि पुन: गठन गर्दै नयाँ पदाधिकारी चयन

Gorkha Janmukti Morcha Flag
आज गोजामुमो मङपु लाब्दा  समष्टिको संगठानिक सभा गोजामुमो खर्साङ महकुमा समिति अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा सम्पन्न भयो | आजको सभामा मोर्चा खर्साङ महकुमा समिति संगठानिक  सचिव शरण देवान,गोजमुमुमो केन्द्रीय समिति संगठानिक सचिव एव क्षेत्रीय सभासद रतन थापा,जनसम्पर्क सचिव आर.बी लामा, लगायत  पार्टीका अन्य कार्यकर्ता उपस्थित थिए | आजको सभामा मतदान प्रक्रियाद्वारा गोजामुमो मङपु लाब्दा समष्टि गठन गरियो जसको चुनावी अधिकारी तिलक गुरुङ रहेका थिए | सभामा प्रत्येक शाखाबाट दुई जना अनि भात् संगठनबाट एक जना उपस्थित थिए | समष्टि गठन क्रममा सभापति पदको निम्ति दुईजना उमेद्वार गगन राई अनि उर्गेन शेर्पा अघि आए पनि गगन राई दातडुप्ललेयु  सिन्कोना जोनको केन्द्रीय समितिका सचिव पदमा रहिआएको कारण राईले उमेदवारी पद वापस लिएपछि सभापति उर्गेन शेर्पा अनि सचिव रतन लामा निर्विरोध रुपमा चयन भयो | यसरी महकुमा समिति अनि केन्द्रीय समितिको सद्श्यको उपस्थितिमा गोजामुमो मङपु लाब्दा समष्टि गठन गरियो जसको सभापति उर्गेन शेर्पा,सचिव रतन लामा,उपसभापति लिलाबहादुर छेत्री र बिशाल डुक्पा अनि सहसचिव अजय छेत्री र किरण थापा, कोषाध्यक्ष देबेन्द्र राई अनि भुपाल मोक्तान अनि प्रमुख सल्हाकार भुपू सभापति प्रदीप छेत्रीलाई चयन गरियो | आजको सभामा सभाध्यक्ष तिलक गुरुङ,सभासद रतन थापा,शरण देवान आदिले नवगठित समितिलाई बधाई दिदै आगामी दिनहरुमा राम्रो कार्य गर्ने सन्देश दिए ||

आज गोजामुमो मङपु लाब्दा समष्टिको संगठानिक सभा गोजामुमो खर्साङ महकुमा समिति अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा सम्पन्न भयो | आजको सभामा मोर्चा खर्साङ महकुमा समिति संगठानिक सचिव शरण

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.