मङपुमा आईटीआई कलेजको शिलान्यास चाड़ै हुने

Industrial Training Institute
राज्यका  मुख्यमन्त्री ममता ब्यनार्जीले मङपु भ्रमणकालमा आएको समय पहाडप्रति असीम माया दर्शाउदै मङपुमा आईटीआई (Industrial Training Institute) कलेज निर्माण गरिदिने बचन दिएका थिए भने सोहि आधारमा अब मङपुमा चाड़ै नै आईटीआई कलेज निर्माण हुने जानकारी हिल तृणमुल युथ कंग्रेस मङपु लाब्दा समष्टि सचिव अल्फा थापाले दिएका छन | युवा टीएमसी सचिव थापाले जानकारी दिए अनुसार उक्त आईटीआई कलेजको शिलान्यास चाडै नै उत्तरबंगाल बिकाश मन्त्री गौतम देवले गर्ने भएको छ | यसरी नै आईटीआई कलेज निर्माणको निम्ति जमीन प्रदान गरेर सहयोग पुराउने मङपु सिन्कोना प्लान्टेशन अनि अन्य औषधीय पौद्दाहरुका निर्देशक,सरकारी  सिन्कोना बगाका अधिकारीगणप्रति हिल टीएमसी युवा कंग्रेसले आभार व्यक्त गरेका छन | मङपुमा आईटीआई कलेज निर्माण हुने पक्का खबरले मङपुका समग्र जनता बीच हर्षको लहर छाएको छ भन्दै तृणमुल युथ कंग्रेस मङपु लाब्दा समष्टि सभापति शरद थापाले समष्टिका जनता साथै बिधार्थीवर्गलाई हार्दिक बधाई दिएका छन | मङपुमा आईटी आई कलेज उपलब्ध गराईदिएकोमा मङपु लाब्दा समष्टि हिल टीएमसी युवा संगठनले राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीलाई  समग्र मङपु बासीको पक्षमा कृतज्ञता प्रकट गरेका छन ||

राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीले मङपु भ्रमणकालमा आएको समय पहाडप्रति असीम माया दर्शाउदै मङपुमा आईटीआई (Industrial Training Institute) कलेज निर्माण गरिदिने बचन दिएका थिए भने सोहि आधारमा अब मङपुमा चाड़ै नै आईटीआई कलेज निर्माण हुने जानकारी

Read latest post filed under mungpoo news, technology

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.