मङपूमा सोनाम ल्होछार पालन

Sonam Lhochar celebrated
अखिल भारतीय तामांग बौद्ध संघ रङबी - बीचकमान शाखाले यस वर्षको सोनाम ल्होछार भब्य एवम सामुहिक रुपमा पालन गरेको छ | शाखा अध्यक्ष मनोज मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त ल्होछार कार्यक्रममा अखिल भारतीय तामांग बौद्ध संघका संस्थापक सदस्य केबी ग्याब्क, पीएम सिंगर, वयोवृद्ध ताम्बा डीबी ब्लोन लगायत केन्द्रीय समिति सदस्य जोह्नी मोक्तान बिशेष रुपले उपस्थित थिए | बुलन्द उत्साह एवम उमंग लिएर सम्पन्न यस कार्यक्रममा शाखा सचिव जीवन योन्जनबाट स्वागत सम्भाषण राखेपछि स्थानीय तामांग कलाकारहरुबाट तामांग ह्वाई नृत्य आदि प्रस्तुत गरे | संघका शीर्ष एवम वरिष्ठ नागरिक क्रमैले केबी ग्याबक, पीएम सिंगर अनि डीबी ब्लोनलाई सम्पूर्ण तामांग सन्तानको पक्षमा सम्बर्धना एवम सम्मान जनाउंदै खदा एव स्मृति चिन्ह प्रदान गरियो | आफ्नो जातीय भेषभुषामा सजिएका तामांग जातिको बिराट उपस्थितिमा केन्द्रीय सदस्य जोह्नी मोक्तानले तामांग जातिले ल्होछार पर्व पालन गर्नुको औचित्य सबैलाई बताए साथै यो पर्व बौद्ध धर्म पालन गर्ने जातीको पर्व हो तर बौद्ध धर्म संघले पालन गरेको पर्व होइन | यो एउटा जन जातीको पर्व हो | अत: तामांग जातीमा यस्तै प्रकारको संस्कार - संस्कृति भएको कारण नै तामांग जातीलाई सरकारले जन जातिको दर्जा दिएको हो | तब हामी आफैले हाम्रो संस्कार संस्कृति तथा जातीय पर्वहरुलाई बुझ्न सकेनौ भने अन्य कसले बुझिदिने ? तब सम्पूर्ण तामांग सन्तानले आफ्नो जातीय पर्वलाई पालन गर्नु पर्ने बताए | प्रज्ञा ब्लोन अनि गोविन घिसिंग द्वारा संचालित कार्यक्रममा अभाताबौ संघ संस्थापक सदस्य केबी ग्याबकले पनि सारगर्वित वक्तव्य पेश गरेका थिए भने सभाध्यक्षले धन्यबाद ज्ञापन गरेका थिए ||

अखिल भारतीय तामांग बौद्ध संघ रङबी - बीचकमान शाखाले यस वर्षको सोनाम ल्होछार भब्य एवम सामुहिक रुपमा पालन गरेको छ | शाखा अध्यक्ष मनोज मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त ल्होछार

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.