रबिन्द्र जयन्तीमा हील एन्जल्स एकाडेमीको कार्यक्रम

Hill Angels Academy Mungpoo
विश्व कवि रबिन्द्रनाथ ठाकुरको एउटा महत्वपूर्ण अनि पुरानो संग्राहलय रहेको मङपूमा वर्षेनी कवि गुरु रबिन्द्रनाथको जन्म जयन्ती मनाउन संग्राहलय सम्बन्धित विभागको आनाकानी हुने साथै प्राय: मनाउन छोड्दै गएको अवस्थामा यहाँको एउटा गैर सरकारी शैक्षिक संस्थान हिल एन्जल्स एकाडेमीले कवि गुरुको जन्मदिन पारेर आफ्नो बिधालयमा एउटा बिशेष प्रकारको कार्यक्रम आयोजन गर्यो | कार्यक्रममा विधार्थीहरुलाई प्रेरणादायक एवम ज्ञानवर्धक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो जसमा बिधार्थीहरुको अन्तर दल माझ तर्क प्रतियोगिता समपन्न भयो | प्रतियोगितामा पहेंलो दल बिजयी बनेको थियो भने  दशौँ श्रेणीको छात्रा रिया तामांगलाई श्रेष्ठ तार्किक घोषित गरियो | यसरी अन्य कार्यक्रमहरुमा कविज कन्टेस्ट, सिट एण्ड ड्रा, स्पेलिंग कन्टेस्ट आदि पनि सम्पन्न भएको थियो | प्रियान्जली तामांग अनि इजाक रसाइली द्वारा संचालित कार्यक्रममा एनबी रसाइली रङबी विभाग ग्याङमेनको सभापतित्व रहेको थियो भने अतिथिहरुमा मङपू क्षेत्रका अन्य अंग्रेजी स्कूलहरुका प्रिन्सिपल क्रमैले मन्जीत थापा सेन्ट मंगल एकाडेमी, एमके छेत्री गुड स्टार्ट एकाडेमी, सुभद्र बोम्जन डल्फिन एकाडेमी, सन्तोष विश्व सेन्ट एन्थोनी स्कूल आदि उपस्थित थिए | यस वर्षको आइसीएसइ परिक्षामा बिधालयले शत प्रतिशत उतीर्ण गरेको अनि पहिलो अनि दोश्रो स्थानमा मात्र उतीर्ण गरेको प्रिन्सिपल मनोज मोक्तानले जानकारी दिएका छन् ||

विश्व कवि रबिन्द्रनाथ ठाकुरको एउटा महत्वपूर्ण अनि पुरानो संग्राहलय रहेको मङपूमा वर्षेनी कवि गुरु रबिन्द्रनाथको जन्म जयन्ती मनाउन संग्राहलय सम्बन्धित विभागको आनाकानी हुने साथै प्राय: मनाउन छोड्दै गएको अवस्थामा यहाँको एउटा गैर सरकारी शैक्षिक संस्थान हिल एन्जल्स एकाडेमीले

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.