मङपूमा अन्तराष्ट्रीय महिला दिवस पालन

World women's day by Nehrika womens welfare society mungpoo
ढिलै भएपनि यहाँको नेहरिका वुमन्स वेलफेयर सोसाइटी मङपू (Nehrika Womens Welfare Society) ले १०५ वां अन्तराष्ट्रीय महिला दिवस पालन गरेको छ | सोसाइटीको सभापति देविका तामांगको सभापतित्वमा रबिन्द्र भवनमा सम्पन्न यस कार्यक्रममा सर्वप्रथम महिला अधिकार अनि न्यायायको निम्ति विश्वमा प्रथम पल्ट आवाज उठाउने जर्मनकी नेत्री क्लारा जेटकिन (Clara Zetkin) को तस्वीरमा कार्यक्रममा विशिष्ठ अतिथि गुन्केस्वरी प्रधानको बाहुलीबाट माल्यार्पण साथै दीप प्रज्वलन गरेर शुरु गरिएको कार्यक्रमलाई सुरेखा गुरुङ द्वारा संचालन गरिएको थियो भने संस्थाकै संस्थापक सदश्य सरिता सिंगौरेले स्वागत सम्भाषण अनि प्रमिला मुखियाले धन्यबाद ज्ञापन गरेका थिए | सोसाइटीले अन्तराष्ट्रीय महिला दिवसको उपलक्ष्यमा संवर्धना अनि सचेतना कार्यक्रम पनि आयोजन गरेका थिए भने अखिल भारतीय महिला समिति (AIWC: All India Women's Conference) दार्जीलिंगका गुन्केस्वरी प्रधानलाई उनको महिलाहरुको अधिकार अनि सुरक्षा प्रतिको अवर्णनीय कार्यहरुको प्रसंसा गर्दै संवर्धना जनाइएको थियो भने यसै कार्यक्रममा नारी उत्पीडन, बेच बिखान आदि विषयमा सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको थियो | कार्यक्रममा मुख्य अतिथि दार्जीलिंग डिस्ट्रिक लिगल अथोरिटीका जजले पनि महिलाहरुले पाउने हक, अधिकार, सहुलियत तथा सुरक्षा व्यवस्थाहरुको सबैलाई जानकारी दिएका थिए | महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सदस्यहरुले विभिन्न गीत, नृत्य, कविता आदि प्रस्तुत गरेका थिए भने कार्यक्रममा 
स्थानीय सोसाइटीका महिलाहरु, सरस्वती अनि सारदा विधालयका छात्र छात्राहरु लगायत अखिल भारतीय महिला समिति केन्द्रीय समिति दार्जीलिंगका पदाधिकारीहरु पनि बिशेष रुपले उपस्थित रहेका थिए ||

ढिलै भएपनि यहाँको नेहरिका वुमन्स वेलफेयर सोसाइटी मङपू (Nehrika Womens Welfare Society) ले १०५ वां अन्तराष्ट्रीय महिला दिवस पालन गरेको छ |, सोसाइटीले अन्तराष्ट्रीय महिला दिवसको उपलक्ष्यमा संवर्धना अनि सचेतना कार्यक्रम पनि आयोजन गरेका थिए भने अखिल भारतीय महिला समिति (AIWC: All India Women's Conference) दार्जीलिंगका गुन्केस्वरी प्रधानलाई

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.