सरकारी कुइलेन तथा अन्य औषधीय पौधा मङपू निर्देशालयको बिसिष्ट कार्यक्रम अन्तर्गत कुइलेनबारी क्षेत्रको सुन्दरीकरण अनुरुप स्थानीय गैर सरकारी संस्था “सामाजिक सेवा संस्था, भानुटोलको बिशेष सहभागितामा सुरेल बङलोदेखि नालीडांडा सम्म ३ किलोमिटरको बाटोको दुवै किनारमा विभिन्न प्रजातिका रुख र बहुवर्षीय फूलको बिरुवाहरु रोपिने कार्यक्रम भयो | कार्यक्रममा निर्देशालयले बोट, बिरुवा, खुट्टी, टोकरी र तारको व्यवस्था गरिदिएको थियो | रेशेप विभागका ग्याङमेन सन्तोष प्रधान, प्रमुख चौकीदार सतिश तामांग, चपरासी अरुण लामा र चौकीदार अशोक छेत्रीको निरीक्षण र निर्देश अनुसार सहभागी संस्थाका ५० जना युवाहरुले सो कार्य सम्पन्न गरेको थियो | बिहान ९ बजे देखि शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका युवाहरुले आजको आवश्यकता अनुसार वन संरक्षण, वृक्ष रोपन र पर्यावरण जगेरा गर्ने साथै असामाजिक क्रिया कालापदेखि टाडो रहेर आफ्नै गाउँ घरमा सुधारात्मक कामहरु गर्ने संदेश दिंदै ठाउँ – ठाउँमा संदेशमुलक सुचनाहरु लगाउने काम पनि भयो | आगमी दिनहरुमा पनि स्थानीय तौरमा नै भएपनि सिन्कोना क्षेत्रको खाली ठाउँहरुमा वृक्ष रोपन लगायत पहिरो नियन्त्रण र सर सफाईको कार्यहरु जारी राख्ने जानकारी संस्थाको संस्थापक सदस्य रजित मोक्तानले दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?