सुरेल बङलोदेखि लाब्दा बस्ति जाने मानिसहरुलाई हालमा धेरै सुविधा भएको सर्वविधित छ | वर्षौंदेखि प्रतिक्षामा रहेको सुरेल बङलोदेखि लाब्दा बस्ति निम्न बुनियादी पाठशाला सम्मको बाटो हालमा जीटीए गठन भएपछि क्षेत्रीय सभासदको पहलमा कालो अलकत्रे सडक बनिएकोले धेरैवटा समस्याहरुको समाधान भएको महसुश लाब्दा बस्ति ग्रामबासीहरु गर्छन् | यस बाटोको निर्माण कार्यमा क्षेत्रीय सभासद नै धन्यबादको पात्र छन् भन्दा दुई मत हुने छैन यसैले सम्पूर्ण गाउँलेको पक्षबाट क्षेत्रीय सभासद रतन कुमार थापालाई धन्यबाद जनाएको छ | तर बाटो निर्माण भएपनि हालमा सुरेल बङलो नजिकको ठूलो सिसौको रुख कुहेर ढल्न लागेको अवस्थामा रहेकोले रुखले ठूलो दुर्घटना पर्खेर बसेको जनसाधारणको गुनासो छ | यो बाटो भएर दैनिक गाडीहरु, विधार्थीहरु देखि लिएर सयौं जनसाधारण हिड्ने भएकोले बाटोको किनारमा रहेकोको त्यस रुख कुनै पनि समय ढलेर यो बाटो भएर हिड्ने मानिसहरु अनि गाडीहरुलाई क्षति पुराउन सक्ने छाँट प्रसस्त छ | यसैले अहिले घरि यो बाटो भएर हिड्नु ठुलै जोखिम उठाएर हिड्नु बराबर रहेको छ | यो क्षेत्र सिन्कोना बिभागको रहेकोले सम्बन्धित विभागले यथासिघ्र यस विषय प्रति निर्क्योल गरेर जनहितमा चाडै ठोस पहल गरिदिने लाब्दा बस्तिबासीको अनुरोध रहेको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?