स्थानीय रोय बंगलो मङपूमा गोपाल रुचालको अध्यक्षतामा एक महतवपूर्ण सभा बस्यो | बिगत १५/०५/२०१६ को दिन गोजमुमो मुख्यालयमा बसेको सभाले “ जनमुक्ति पर्जा पट्टा संघर्ष समिति” ( Janmukti Parja Patta Sangharsha Samity) गठन गरेपछि सिन्कोना बिभाग केन्द्रीय समिति गठन गरिएको जानकारी गराउंदै गगन राई सचिव दातडुप्लालेयु सिन्कोना जोन एवम जनमुक्ति पर्जा पट्टा संघर्ष समिति सिन्कोना बिभाग केन्द्रीय समितिले सभालाई सम्बोधन गर्दै सिन्कोना अनि चियाबारी बासिन्दाहरुको घर – जमीनको पर्जा पट्टा सम्बन्धि मालिकना हकको निम्ति आन्दोलन गर्न पर्ने अव्गात गराए | सभामा जनमुक्ति पर्जा पट्टा संघर्ष समिति सिन्कोना बिभाग केन्द्रीय समिति अध्यक्ष गोपाल रुचालले पनि सम्बोधन गर्दै हामी भारतमा जमीन सितै आएको गोर्खाहरु हौँ, जमीनहिन होइनौ यसैले हामीले बसोबासो गरेको जमीनको मालिकना हक सरकारले दिनुपर्ने बताए | आफ्नो जमीनमा बसोबासो गरिरहेको गोर्खाहरुलाई बिदेशीको लान्छना लगाउने सरकारले अब हामीलाई हाम्रो जमीनको पर्जापट्टा दिनुपर्ने कुरामा जोड दिए | पर्जा प्राप्तिको निम्ति अब आउँदो १३ जूनको दिन सिन्कोना बगानको चौधवटा गन्तीकेन्द्रहरुमा प्रारम्भिक कार्यहरु गर्दै जागरण अभियान थाल्ने सबै कार्यकर्ताहरुलाई आव्हान साथै अपिल गरे |
सभामा क्षेत्रीय सभासद रतन कुमार थापाले पनि सम्बोधन गर्दै सिन्कोना, चियाबारी र बन बस्तिबासीहरुको निम्ति पर्जा पट्टा सरकारले दिनुपर्ने बताउंदै जनमुक्ति पर्जा पट्टा संघर्ष समितिको अबको हरेक कार्यहरुमा पार्टी, सबै भातृ संगठनहरु अनि सम्पूर्ण जनसाधारण अघि आउन पर्ने बताए |
सभामा कालेबुंग बगोजमुमो ब्रान्च कमिटिका उपाध्यक्ष्य दिपेन शेर्पा, मङपू लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, दातडुप्लालेयु मङपू जोन सभापति सुरेन राई, सचिव किशन बुडाथोकी, ४५ नम्बर समष्टि सचिव एवम पर्जा पट्टा संघर्ष समिति उपाध्यक्ष सन्तोस खवास अनि दातडुप्लालेयु केन्द्रीय समिति सचिव कैलाश शर्माले पनि आफ्नो बक्तब्य दिएका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?