गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपुले विभिन्न विभागहरुमा आफ्नो कर्मचारी संगठन गठन गर्ने क्रममा आज लाब्दा विभागको निम्ति पनि हिमालयन प्लान्टेशन वकर्स युनियन गठन गरेको छ | यहाँको नालीडांडा स्थित गोरामुमो पार्टी कार्यलयमा बसेको एउटा सभाले लाब्दा प्रशाखाको निम्ति नव गठित वकर्स युनियनमा निम्नलिखित पदाधिकारीहरुलाई पदभार सुम्पिंदै नियुक्त गरेको छ जसमा सभापति अहेन्द्र शर्मा, उपसभापति गणेश वाइबा, सचिव रितेश मोक्तान, सहसचिव प्रवेश राई, अल्बर्ट तामांग, सदश्यवर्गहरुमा बिकाश पाख्रीन, बिशालदास, दिपक राई, शरण पाख्रीन, राजेश राई आदिलाई चयन गरिएको छ | उपर्युक्त पदाधिकारीवर्गलाई मङपु शाखा हिमालयन प्लान्टेशन वकर्स युनियनले पूर्ण समर्थन संगै आफ्नो कार्य प्रणाली अघि बढाएर लैजाने अनुमोदन गरेको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?