दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बा लाब्दा विभागको नव निर्मित गुम्बामा गुरु पद्म सम्भवको कु अर्थात मुर्ति राप्ने कार्यक्रम भएको छ | बौद्ध धर्मानुसार १२ वर्षमा एकपल्ट मात्र आउने शुभ मुहुर्त गुरु पद्म सम्भवको जन्म जयन्तीको अवसरमा गुम्बा संचालन समिति द्वारा जन्म जयन्ती पालन गर्दै देवराली गुम्बा गान्तोकका टुल्कु रिग्जिन छोपेल दोर्जेको बाहुलीबाट मुर्ति राप्ने कार्य भयो | नव निर्मित तीनतले गुम्बाको निम्ति ठूलो सुहाउँदिलो गुरु पद्म सम्भवको मुर्ति दार्जीलिंगका दाता भरत दोङ द्वारा दान गरिएको थियो भने मुर्ति काठमाण्डौमा बनिएको जानकारी छ | आज यसै पुणित अवसरमा दाता भरत दोङलाई पनि निमन्त्रना दिएको भएपनि उनको शरीर अस्वस्थ्यताको कारण उपस्थिति दिन नसकेको जानकारी छ भने कार्यक्रममा उनकी पत्नी अनि अन्य सहयोगीहरु उपस्थित थिए | अघिल्लो दिनदेखि गुम्बामा स्थानीय बौद्ध धर्म गुरु उदय पाख्रीनको अगुवाईमा लामाहरु द्वारा पुजा अर्चना गर्दै आज प्राय: एकबजेसम्म पुजा गर्दै टुल्कु रिग्जिन छोपेलको बहुलीबाट कु राप्ने कार्य भयो | किरण पाख्रीन अनि शुरेन पाख्रीन द्वारा संचालित कार्यक्रममा मध्यान्तरपछि टुल्कुबाट पवित्र प्रवचन प्रस्तुत गरेपछि आजको अन्तिम कार्यक्रम अभिषेक वितरण भयो जसमा सयौं मानिसहरुले धर्मगुरुबाट वाङ अर्थात अभिषेक ग्रहण गरेर धार्मिक सन्तुष्टि प्राप्त गरेको छ ||
टुल्कु रिग्जिन छोपेल दोर्जेबाट लाब्दा गुम्बामा कु राप्ने अनि अभिषेक वितरण
13Aug2016
Post a Comment