मङपु रेशेप बजारमा अवस्थित एक मात्र एटीएम केन्द्रमा गत ३ अगष्ट राती असमाजिक तत्वहरुले चोर्ने प्रयास गरेता पनि त्यहाँबाट पैसा चोरेर लान नसकेपछि ती गिरोहले सीसीटीबी क्यामेरा फुटाएर भागेको पुलिस सुत्रले जनाएको छ | ती चोरहरुले पैसा चोर्न नसेके पछि एटीएम मेसिनको केहि भाग मात्र भत्काएर चम्पट कसेको पुलिसले बताएको छ | तर आज एटीएम मेसिन बिग्रेको १६ दिन बितिसक्दा पनि सम्बन्धीत विभागले यस एटीएम मेसिन नबनाउनु दुर्भाग्यपूर्ण रहेको छ | अहिलेको आधुनिक इन्टरनेटको जमानामा सम्पूर्ण सरकारी तथा गैरसरकारी कर्मचारीवर्गको वेतन समेत एटीएमबाट प्राप्त गर्नुपर्ने समयमा मङपुमा भने १६ दिन सम्म एटीएम मेसिन बन्द रहेको कारण उपभोक्तवर्गले धेरै नै समस्या झेल्न परिरहेको छ | यस एटीएम केन्द्रमा दुईवटा एसबीआईको एटीएम मेसिन राखिएता पनि उक्त दुईवटा मेसिन लिन्क फेल भएको कारण नै नचलेको पुलिसले जनाएको छ | यसै दुईवटा एटीएम मेसिनको एनसीआर अनि डीआईभोल्ट कम्पनी देखेरेखे गरिरहेको छ भने पुलिस अधिकारी अनि स्थानीय एटीएम उपभोक्तावर्गले उक्त दुइवटा कम्पनीलाई मेसिन बनाईदिने मांग गरिएता पनि आज सम्म सम्बधित दुईवटा कम्पनीले एटीएम मेसिन बनाउने दिशातर्फ भने ध्यान नदिएको गुनासो उपभोक्तावर्गको रहेको छ | एटीएम मेसिन बिग्रिएको कारण व्यापार बाणिज्यमा समेत असर परेको स्थानीय ब्यापारीवर्गको गुनासो रहेको छ | मङपूको एटीएम मेसिन अचल रहेपछि उपभोक्तावर्ग दार्जीलिंङ,सिलगडी,अनि कालेबुङ तिर गएर पैसा निकाल्न बाध्य भईरहेको छन यसर्थ सम्बन्धीत विभागले चाडो भन्दा चाडो उक्त एटीएम मेसिन चालु गरिदिने स्थानीय जनताले मांग गरेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?