मोर्चा मङपु लाब्दा समष्टिको सांगठानिक सभा

Gorkha Janmukti Morcha Mungpoo labdah samasty
मङपु विभागीय सार्वजनिक भवनमा मङपु लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा सभापति उर्गेन शेर्पाको अध्यक्षतामा सांगठानिक सभा बस्यो | सभालाई सहसचिव किरण थापाले संचालन गरेको थियो भने सभाको मुख्य विषयहरु गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिको आह्वानमा चलिरहेको गोर्खाल्याण्डको आन्दोलन, नारी मोर्चाको पुन: गठन, शाखा सशक्तिकरण तथा आगमी फूलपाती शोभायात्रा विषय चर्चा रहेको थियो | सभामा समष्टि सचिव रतन लामा, युवा मोर्चा सभापति बिज्ञान मिश्र, शुकबीर राई, जीपीटीओबाट सुदेश छेत्री लगायत प्रमुख अतिथिको रुपमा उपस्थित समष्टि सभासद रतन कुमार थापा आदिले सम्बोधन गरेका थिए | बक्ताहरुले समष्टिबाट छुट्टै राज्य गठनको मागमा बर्तमान चलिरहेको धाराबाहिक आन्दोलनको जोडतोडले समर्थन जनाए | सचिव रतन लामाले भने मङपु लाब्दा समष्टिको सम्पूर्ण पदभारी कार्यकारिणी सदस्यगण बर्तमान आन्दोलनको निम्ति यथोचित पद्क्षेपको निम्ति प्रत्येक सभामा उपस्थित हुने अपिल गरे साथै यसवर्षको फूलपाती शोभायात्राको कार्यभार युवामोर्चालाई दिएको जनाए | उसरी नै जीपीटीओ सचिव सुदेश छेत्रीले गोर्खाल्याण्डको माग हाम्रो भावनासंग जोडिएको अनि गोर्खाल्याण्डको प्रनेता, गोर्खा जातिको सुरक्षाको निम्ति बोल्ने नेतृत्वलाई पहाड निकाला गर्नुपर्छ भन्ने गोर्खाल्याण्ड बिरोधीलाई घोर विरोध जनाए भने राज्य प्राप्ति आन्दोलनको निम्ति मङपु क्षेत्रका सदस्यवर्गबाट सहृदय समर्थन गर्ने बताए | यसको साथै सुखको समय सभासदको नजिक हुने तर आन्दोलनको समय परपर नभईदिने सम्पूर्ण मङपुबासीलाई आह्वान गरे | सभासद थापाले पनि आफ्नो सम्बोधनमा समष्टिका सम्पूर्ण सदस्यवर्गलाई अनिवार्यरुपमा सभामा उपस्थित भइदिने अपिल गरे | बङ्गालको जाति शोसन, अत्यचार प्रति हामी एक भएर निडर भइ त्यसको प्रतिकार गर्नु पर्ने अनि हामी एक भएर नै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्नु पर्ने समय छ भनी बताए | उनले बंगालको विभिन्न षड्यन्त्रपूर्ण कार्यहरुले गोर्खाहरुको भविष्य डावाडोल बनाउने कार्यक्रमहरुको जानकारी गराउंदै सबैलाई एक सुत्रमा बाँधिएर गोर्खे एकता अनि आत्मियतालाई नतोड्ने आह्वान गरेको छ || 

मङपु विभागीय सार्वजनिक भवनमा मङपु लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा सभापति उर्गेन शेर्पाको अध्यक्षतामा सांगठानिक सभा बस्यो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.