अघितिर आइरहेको बिजया दशमी तथा दिपावलीलाई मध्यनजर राख्दै संधै सोमबारको दिन बन्द रहने नालीडांडा बजार खुल्ला आगमी सोमबारदेखि रहने निर्णय नालीडांडा ब्यापारी संगठनले लिएको छ | सम्बन्धित विभागको नियम अनुसार सप्ताहमा एक दिन पूर्ण बजार बन्द गरिदिनु पर्ने नियम छ भने संगठनले वर्षको मुख्य सिजनहरुमा यसरी नै ग्राहकहरुको सुविधालाई हेरेर केही हप्ताह सोमबार पनि बजार खुल्ला राख्ने गरेको छ | यसैकारण आगमी सोमबार २६ सेप्टेम्बरदेखि नोभेम्बर १४ तारिखसम्म नालीडांडा ब्यापारी संगठनले नालीडांडाको पसलहरु लगातार खुल्ला राख्ने निर्णय लिएको छ | त्यसर्थ सम्पूर्ण जनसाधारणको सुविधाको निम्ति संगठनका प्रत्येक सदस्यले आउँदो सोमबारदेखि आ- आफ्नो पसल खुल्ला राखिदिने सुचना तथा अनुरोध गरेको छ भनी नालीडांडा ब्यापारी संगठन सचिव बुद्ध कुमार थापाले सबैलाई पत्रचार गरेको जानकारी दिएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?