गत बिहिबार मङपु निस्वार्थ फाउन्डेशन मङपु विभाग(एनजीओ) द्वारा यहाँको सन्त जोसेफ पाठशालामा विधार्थी अनि शिक्षक – शिक्षिका माझ मानव तस्करी, बाल बालिका तस्करी, बाल अधिकार, बाल सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम पाठशालाका फादर पटेलको सभापतित्वमा सम्पन्न भयो | कार्यक्रमको शुरुवात एनजीओ सह सचिव आनन्द राईले गरेका थिए भने कार्यक्रमलाई एनजीओ सभापति प्रेमछिरिङ भोटिया, सचिव सुबास राई आदिले पनि सम्बोधन गरेका थिए | कार्यक्रमको स्वागत कार्यक्रम एनजीओ लेखापरिक्षक रिन्कुमित लेप्चाले गरे भने सदस्य शान्तिदेवी राई, देविका राई, विन्द्या तामांग, बुनु राई, सन्त जोसेफ पाठशालाका शिक्षक साथै मङपु निस्वार्थ फाउन्डेशनका सदस्य बलभद्र राईको उपस्थिति रहेको थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?