जोगीघाट हाट समितिको पहल अनि आयोजनामा आजदेखि सिटोङ अनि मङपुको संगम स्थल जोगीघाट परिसारमा शनिबारे हाट शुरु गरिएको छ | त्यसैपनि बर्तमान जोगीघाट आफ्नो प्राकृतिक सौन्दर्यताको कारण दिनोदिन चर्चाको विषय बन्दै गएको छ भने यसरी साप्ताहिक हाट लगाउन शुरु गरेर अझ यसले क्षेत्रको सौन्दर्य अनि आकर्षणमा थप टेवा पुराएको जनसाधारणको भनाई छ | दीर्घ दिनदेखि हाट आयोजन गर्ने जमर्कोमा लागीपरेको समितिले अन्तत सफल हासिल गरेको छ | आज हाटको उद्घाटन कार्यक्रममा मङपु लाब्दा समष्टि सभासद रातन थापाको बाहुलीबाट साप्ताहिक हाटको शुभ आरम्भ गरिएको छ | लाब्दा विभागीय ग्याङमेन इन्चार्ज मदन राईको सभापतित्व रहेको कार्यक्रमलाई समिति सचिव वोभोर तामांगले संचालन गरेका थिए भने सभापति समीर मोक्तानले स्वागत भाषण प्रस्तुत गरेका थिए |बिशेष गरेर मङपु अनि सिटोङ क्षेत्रका मानिसहरु द्वारा उत्पादित जैविक फल फूलहरुको असल बजारीकरण नभएको कारण यहाँका मानिसहरुले मङपु अनि अन्य ठुला बजारहरुमा आफ्नो श्रमको असल मोल नपाएको कारण यसैले जैविक साग, सब्जी, फल फूलहरुलाई नै आफ्नै ठाउँमा असल मूल्यमा बेच्न पाए बर्तमान प्रदुषित वातावरणमा रासायनिक मलहरु द्वारा उत्पादन गरिएको साग सब्जीहरु खान भन्दा जैविक पध्वतीबाट उत्पादित साग साब्जी आदि खाए असल हुने संदेश बाँड्न साथै स्थानीय खेतीवालाहरुलाई पनि प्रोत्साहन दिनुको साथमा सम्पूर्ण सिटोङ क्षेत्र अनि मङपुको मैत्री सम्बन्धलाई पनि प्रगाड बनाउने जमर्को लिएर खडा भएको यस हाटको उद्घाटन कार्यक्रममा सभासद थापाले पनि आफ्नो सम्बोधनको क्रममा यस हाटको आयोजनाले क्षेत्रबासीहरुले ताजा जैविक साग सब्जी खानु पाउनुको साथै यसले स्थानीयबासीहरुको आय व्यवस्थामा पनि सुधार आउने बताएका छन् भने यो राम्रो जमर्कोको साथ साथै प्राकृतिक सुन्दरताले चिन्हित जोगीघाट परिसारलाई पनि सफा राख्ने, जथाभावी मैला नगरिदिने अपिल आयोजक समिति संगसंगै स्थानीय क्षेत्रबासीलाई पनि अपिल गरेको छ | आयोजक समिति कोषाध्यक्ष निषेश मुखियाबाट प्राप्त जानकारी अनुसार उद्घाटन कार्यक्रममा सभासद रतन कुमार थापा, मोर्चा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, रतन कुमार राई, कमल प्रधान आदि उपस्थित रहेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?