लाब्दा सिन्कोना बगान अन्तर्गत पर्ने यहाँको शान्ति धुराका नानीहरुलाई हरेक वर्षको बर्खायाममा पाठशाला जानलाई तीन चारवटा खोला – खोल्सा तरेर जानुपर्ने असुविधालाई मध्य नजर गर्दै गाउँबासीले दीर्घ दिनदेखि गरेको प्राथमिक पाठशालाको मागलाई मङपु लाब्दा समष्टि सभासद रतन कुमार थापाले कुशल प्रयासले साकार रुप लिने समचार प्राप्त भएको छ | यही समचार लिएर मङपु सर्कल एसआई निर्वाण मित्र, डिस्ट्रिक स्कूल बोर्ड सदस्य तथा मङपु सर्कल सेक्रेटरी सुदेश थापा अनि भूतपूर्व जीपीटीओ युनिट सेक्रेटरी नोर्देन लामाको टोलीले स्थलगत भ्रमण गरेको छ | बर्तमान एजुकेशन डिपार्ट कोलकाताबाट आएको प्रस्ताव अनुसार गाउँको तीन किलोमिटर भित्रमा पाठशाला नभएको खण्डमा त्यहाँ पाठशाला निर्माण गरिने योजना अन्तर्गत जीटीए क्षेत्रको विभिन्न क्षेत्रहरुमा पाठशाला बनाउने कार्य योजनाहरु चलिरहेको छ जस अन्तर्गत मङपु क्षेत्रलाई हेर्दा विगत वर्षहरुमा रङजु भेल्ली अनि लाब्दा खासमा पाठशाला निर्माण गरिएको थियो | शान्ति धुराको भौगोलिक अवस्थानलाई हेर्दा यहाँ पाठशाला बनिनाले शान्ति धुरा लगायत छेउको गाउँहरु डांडा गाउँ, पाख्रिन टोल, पेरूप बस्ति आदिका नानीहरुलाई पनि सुविधा पुग्ने हुनाले नै क्षेत्रीय सभासद, मङपु एसआई युनिट लगायत जीपीटीओले यस गाउँको नाउँ लिएर प्रस्ताव दिएको थियो यसै अनुरुपनै यसवर्षको पाठशाला निर्माण सुचीमा शान्ति धुराको नाम आएको जानकारी छ | शान्ति धुराको साथमा रियाङमा पनि एउटा सेटअप बिल्डिंग निर्माण हुने भएको छ भने रोङचोङमा पनि पाठशाला अपग्रेडेशनको प्रक्रिया चलिरहेको यस भ्रमण टोलीले जनाएको छ | यस पाठशाला निर्माणको निम्ति अब ग्रामबासीले कतिपय आवश्यकीय कागज पत्र बुझाउन पर्ने हुनाले गाउँका सम्पूर्ण संघ संस्था अनि गाउँलेहरुले मिलेर यस कार्यलाई सुचारु रुपले चाँडो शुरु गराउन सम्बन्धित विभागलाई सहयोग गरिदिने टोलीको पक्षबाट सेक्रेटरी सुदेश थापाले अपिल गरेको छ भने गाउँको समस्यालाई बुझेर यस्तो महत पहल गरिदिएकोमा सम्पूर्ण ग्रामबासीको पक्षमा क्षेत्रीय सभासद अनि सम्बन्धित विभागलाई हार्दिक धन्यबाद टक्राएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?