गोर्खा जनमुक्ति मोर्चाले डाकेको १२ घण्टा पहाड बन्दको प्रतिवाद गर्दै टीएमसी पार्टी मङपु युनिटले पनि एक प्रेश विज्ञप्ति जारी गरेको छ | उनीहरुको भनाइ अनुसार दार्जीलिंग पहाडमा अवस्थित एक मात्र सिन्कोना उद्योग जसमाथि स्थायी मजदुर एवम कर्मचारीवर्गको भविष्य जडित सरकारी उद्योग विगत धेरै वर्षदेखि राजनैतिक खिचा तानीको चेपारोमा परेर प्रतिदिन रुघ्न हुँदै गइरहेको छ | यसै विच यस उद्योग एवम यसमा कार्यरत मजदुर कर्मचारी एवम उनीहरुको परिवार सबैको हितलाई हेरेर समय समयमा राजनैतिक सुज बुझ र सम्झौता गर्दै यसलाई संरक्षण एवम बिस्तार गर्ने चेष्टा बङ्गाल सरकारले गर्दै आइरहेको छ | सिन्कोनाको पुर्व अनि बर्तमान निर्देशकको संग बङ्गाल सरकारले मिलेर धेरै बिकाशका कार्यहरु हुँदै गएर उद्योगले पुनर्जीवन पाउने दिशामा अघि बढिरहेको समय फेरि राजनैतिक टक्राउको सृजना भएर गोर्खा जनमुक्ति मोर्चाले डाकेको पहाड बन्दमा यस उद्योगका समग्र कर्मचारी एवम मजदुरहरुलाई पनि मुछेर यसको बिकाशको गतिमा वाधा हाल्ने काम गरेको छ | आन्दोलन भनेको प्रोपोगान्डा मात्रै होइन बिचार र दृष्टिकोन पनि हुन पर्छ, यो बन्द मोर्चाको जनसमर्थन बटुल्ने नाटक मात्र हो | बन्द डाकेर सिन्कोना उद्योगको समृद्धि प्रति मोर्चाको स्पष्ट बिचार र दृष्टिकोन के छ, बन्द डाकेर बिधालय जाने विधार्थीहरुको भविष्यप्रति कति चेतनशील छ, व्यवसायी र श्रमजीवि प्रति जिम्मेवारी के छ ? बन्द त आतंकवादले पनि गर्छ, हैकमवादले पनि गर्छ | पहाडमा बिकास चाहियो भनेर मोर्चाले बन्द डाकेको कहाँ छ ? तेलंगाना राज्य गठन हुँदा पहाडमा मोर्चाले आन्दोलन गर्यो उक्त समय बिमल गुरुङले जीटीए त्याग गर्दा सम्पूर्ण पहाड बन्द रहेपनि सिन्कोना बगान खुल्ला राखिएको थियो किनभने सिन्कोना बगान घाटामा चल्दै थियो | तर आज तीन वर्ष भित्रमा कति मुनाफा भयो र सिन्कोना बगानमा बन्द डाकिन्दैछ ? पैसा माग्न मिल्ने तर हिसाब देखाउन नमिल्ने ? केन्द्र र राज्यले दिएको पहाड बिकाशको निम्ति आएको ४ हजार करोड रुपियाँको हिसाब माग्दा पहाड बन्द डाक्नु मोर्चाको बैमानी देखियो | पैसाको मामलामा गोर्खाहरु कति इमान्दार छ त्यो कलंक बिमल गुरुङ अनि मोर्चाले गोर्खाहरु माथि लगाएको छ | पहाड मदेश कही पनि गैर कानुनी ढंगमा डाकिएको बन्दले सरकारी उद्योग, कल कारखाना लगायत सरकारी सम्पतिहरु नष्ट भएर जान नपरोस भन्ने दृष्टिले त्यसको सुरक्षाको निम्ति कानुनी आदेशहरु जारी गरि सम्मान र राष्ट्रको सुरक्षा गर्छ | यसो हुँदा यस पल्टको गोजमुमोले डाकेको पहाड बन्दलाई पनि हाम्रो देशको उच्च एवम सर्वोच्च न्यायलयले अवैध ठहर गर्दै नोटिस जारी गरिसकेको हुँदा हामी यस्तो अवैध बन्दको घोर प्रतिवाद गर्छु साथै सिन्कोनाको सचेत मजदुर कर्मचारी जजसले बन्दलाई प्रतिवाद जनाउँदै सहभागिता जनाए उनीहरुलाई धन्यवाद ज्ञापन गर्छौ भन्दै टीएमसी पार्टीले एक विज्ञाप्ति जारी गरेको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?