लाब्दा सिन्कोना बगानका दुई जना कर्मचारीहरुलाई आज विदाई दिइएको छ | विदाई समारोह समिति लाब्दा विभाग द्वारा आयोजित यहाँको विभागीय गन्तीघरमा सम्पन्न भएको विदाई कार्यक्रममा बगानका दुई जना कर्मचारीहरु भीमराज मंगर अनि सन्तोस तामांगलाई बगानका सम्पूर्ण मजदुर, कर्मचारी तथा विभागीय कार्यलयका किरानीहरुको उपस्थितिमा विदाई दिइयो | भीमराज थापा जसले आफना सम्पूर्ण जवानीहरु साथै उमेरहरु बगानलाई समर्पित गर्दै आज आफ्नो कार्यकाल ६० वर्ष पुगेकोमा अवकाश लिएको हो भने सन्तोष तामांग आफ्नो शाररिक अस्वस्थ्यताको कारण आफ्नो कामबाट विदा लिएको हो | विदाई समारोह समिति अध्यक्ष तथा विभागीय भारप्राप्त ग्याङमेन मदन राईको सभापतित्वमा सम्पन्न अनि लोकमणि शर्मा द्वारा संचालित विदाई कार्यक्रममा दुई विदाई पात्र भीमराज मंगर अनि सन्तोष तामांगलाई सर्वप्रथम मदन राई, किरानी हिर्देन खडका, कुमार दर्जी, गंगा दर्जी आदिको बाहुलीबाट खादा माला साथै उपहारहरुको साथमा बाँकीको जीवन सुख शान्तिले बितोस भन्ने कामना दिएपछि अन्य मजदुर कर्मचारीहरुले पनि खादा माला चडाएर दुइजनालाई विदाई दिएको थियो |

Post a Comment
We love to hear from you! What's on your mind?