मङपु लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चाले पार्टी कार्यलयमा गोजमुमोको दशौँ स्थापना दिवस समष्टि सभापतिको अध्यक्षतामा पालन गरे | सचिव रतन लामाले संचालन गरेको कार्यक्रममा लामाले उपस्थित सम्पूर्ण शाखाका प्रतिनिधिवर्ग साथै भात्रीसंगठनका नेतृत्ववर्गलाई स्वागत गर्दै गोजमुमोको स्थापना दिवस संगै यस पार्टीको बिशेषता अनि महत्व माथि प्रकाश पारे | कार्यक्रमलाई सम्बोधन गर्दै कानुनी सल्लाहकार राम पोख्रेलले गोर्खाल्याण्ड प्राप्तिको निम्ति अझ कर्तब्यनिष्ठ बन्दै तत्पर रहनु पर्ने बिचार पोखे | यस कार्यक्रममा सभापति उर्गेन शेर्पाको बाहुलीबाट कार्यलय अघि मोर्चाको नयाँ झण्डा उत्तोलन गर्दै सम्पूर्ण उपस्थितवर्गलाई मिठाई वितरण गरे | कार्यक्रमलाई सम्बोधन गर्दै सभापतिले आजदेखि अझ संकल्पित बन्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अध्यक्ष बिमल गुरुङको नेतृत्वमा अघि बढ्नुपर्ने जनाए | वक्ताहरुले मोर्चाको तिरंगा झण्डाले गोर्खाको एकता र सम्मान दिने काम गर्छ भनी बताए | मोर्चा मङपु लाब्दा मङपु समष्टिका प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले यो जानकारी दिंदै पार्टीको पक्षमा सभासद रतन थापाले समष्टिका सम्पूर्ण जनसाधारणलाई महान चाड दशैं अनि दिपावलीको हार्दिक शुभकामना प्रकट गरेको बताएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?