मङपु गोल्ड कपको दोश्रो क्वाटर फाइनल म्याच आज केएफसी सिलिगुडी बनाम अमुक्त परिवार सिलिगुडीमाझ सम्पन्न भयो | केएफसी सिलिगुडीले खेलको शुरुदेखि नै विपक्षी दल अमुक्त परिवारमाथि दबाव बनाएर राखेका थिए भने यता अमुक्त परिवारले पनि केएफसीलाई कडा चुनौती दिन पाँच जना नाइजेरियन खेलाडीहरुलाई मैदानमा उतारेका थिए | पहिलो हाफको प्राय: १४ मिनट बित्दा केएफसीका खेलाडी जर्सी नम्बर १० टीम क्याप्टन अमिर लामाले विपक्षीको गोल पोस्टमा गोल दाग्न सफल भएपछि खेल झनै महत्वपूर्ण बनेर गयो | अमुक्त परिवारले पनि राम्रो खेल प्रदर्शन गरेपनि केएफसीपट्टि भने जस्तो आक्रमण गर्न सकेनन् | दोश्रो हाफको खेलमा निर्धारित समयको अन्ततिर प्राय: ६५ मिनट बित्दा अमुक्त परिवारको खेलाडी जर्सी नम्बर २३ करण थापाले दर्शनीय गोल गरेपछि आजको खेल धुँवादार हुन पुग्यो | उत्तेजित दर्शकहरुको चेरअफले खिलाडीहरुलाई कम जोश नमिलेको होइन | दुवै दलले अन्तिम समयसम्म आफ्नो दललाई जिताउने होडमा दिलोज्यान दिएर खेले | दुवै दलले एक अर्काको गोल पोस्टमा बारबार आक्रमण गर्दा पनि कुनै गोल हुन सक्दा निर्णायकले खेलको समय सकिएको बताए भने बराबरमा रहेको खेललाई टाई ब्रेकरमा पेनाल्टी शुटआउटमा केएफसी सिलिगुडी आजको खेलको बिजयी दल घोषित भयो | आजको घमाशान खेलको सामना गर्दा गलत प्रदर्शनी दिए वापद केएफसीबाट जर्सी नम्बर ३ अनि अमुक्त परिवारबाट जर्सी नम्बर ६ अनि २३ लाई पहेंलो कार्ड देखाइएको थियो | भोलि अर्थात १८ अक्टुबरको दिन यसै मैदानमा शेयर कालेबुंगको भिडन्त फिक्कल नेपालसित हुनेभएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?