मङपु युथ क्लबको आयोजनामा गत महिना देखि सम्पन्न भइरहेको मङपु गोल्ड कप टुर्नामेन्ट २०१६को आजको खेल बिर्तामोड एफसी नेपाल बनाम ५८ जीटीसी शिलोङ माझ सम्पन्न भयो | शुरु देखि नै धुँवादार राहेको खेलमा बिर्तामोड नेपालले जीटीसी शिलोङलाई लितिपिती पारेर हजारौं दर्शकले घेरिएको मङपु जनमैदान थर्कमान पारको थियो | खेलको ५५ मिनटमा बिर्तामोड एफसी नेपालको पक्षबाट जर्सी नम्बर ७ खेलाडीले एक गोल गरेर शिलोङको आत्माबल तहसनहस पारेको खेलमा शिलोङलाई बिर्तामोडको सामना गर्नु फलामको चिउरा चपाउनु सरह बन्यो भने खेल सकिन दश मिनट अघि शिलोङको पक्षबाट जर्सी नम्बर २० अनि ८ ले भटाभट दुई गोल गर्दा बिर्तामोडको खेल जित्ने सपना ऐना जस्तो फुटेको थियो | यस्तो घमाशान भिडन्त बिच बिर्तामोड एफसी नेपालका खेलाडी ओम बिक्रमले पहेंलो कार्डको सामना पनि गर्न परेको थियो | क्वाटर फाइनल राउण्ड चलिरहेको यस गोल्ड कप खेलमा भोलि अर्थात १७ अक्टुबरको दिन केएफसीको भिडन्त अमुक्त परिवारसित भिडन्त हुनेछ भने पर्सीको म्याचमा शेयर कालेबुङको भिडन्त फिक्कल नेपालसित हुनेछ ||

Post a Comment
We love to hear from you! What's on your mind?