प्राय: २० हजार भन्दा बेसी जनसंख्या भएको मङपुको रेशेप बजारमा राखिएको स्टेट ब्यांकको एटीएममा महिनौ दिनसम्म पैसा नहालिएकोले क्षेत्रबासी पर्नुसम्म समस्यामा परेको छ | त्यसै पनि भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दी लहरले जताततै पैसा निकाल्न अनि हाल्न समस्यामा परिरहेको समय दिनभरि नै एटीएमको लाइनमा उभिएर आफ्नो पैसा निकाल्ने पालो पर्खिनु पर्ने हुन्छ भने यहाँ मङपुमा भने एकमात्र भएको एटीएममा पनि पैसा नभएकोले जनताहरु समस्यामा परेको छ | मोदी सरकारकै निर्देशन अनुसार सिन्कोना बगानको सम्पूर्ण मजदुर कर्मचारीहरुको तनखा नोभेम्बर महिनादेखि ब्यांकको खातामा हालिने गरिएकोले त्यसै पनि यत्रो जन घनत्व रहेको मङपुलाई एउटा एटीएमले थेग्न नसकिरहेको थियो भने झनै मङपु सिन्कोना बगानको पाँचैवटा विभागका मजदुर कर्मचारीहरुको तनखा पनि ब्यांक खातामई आउने गरेकोले एटीएममा पैसा हाल्ने सम्बन्धित कम्पनीहरु पैसा हाल्नै छोडेको जस्तो देखिएको छ | अघिल्लो महिनामा दुई चार दिन बिराउँदै भए पनि दुई लाखको दरले पैसा हाल्ने गर्थ्यो भने त्यो पैसाले लाइनमा उभिएकाहरुलाई पनि नपुग्ने गर्थ्यो | यसरी केही दिनसम्म बिराउदै पैसा हाल्ने कम्पनीहरु अहिले के गर्दैछ कसैलाई थाहा छैन | यस्तो अवस्थामा यहाँका मानिसहरु टीस्टा, छिमेकी राज्य सिक्किमको मल्ली, कालेबुङ, दार्जीलिंग, सलुगडा अनि सिलिगुडी तिर जाँदै पैसा निकाल्ने गरेको पाइएको छ भने ती मानिसहरु आफ्नो मासिक तनखा निकाल्न जाँदा लाइनमा उभिएर ढिलो हुने गरेकोले एउटा गाडी नै रिजर्व गरेर जाने गर्छ जसले गर्दा आधा पैसा गाडीभाडामा गएको पनि जन गुनासो छ | त्यसै पनि हरेको ब्यांकमा २५०० रुपियाँ भन्दा बेसी निकाल्न नदिएकोले मानिसहरुले नोभेम्बर महिनाको तनखा आज दिसम्बर बितिसक्दा पनि किस्ती गर्दै पनि निकालिनसकेको गुनासो छ | यो अवस्थालाई विचारेर सम्बन्धित विभागले यथासिघ्र पैसा हालिदिने व्यवस्था गरिदिनु पर्ने आवश्यकता देखिएको छ भने अर्कोतिर मङपुको बढ्दो आवादीलाई हेर्दा यहाँ अझ थुप्रै कम्पनीहरुले पनि आफ्नो एटीएम बुथ खोल्न पर्ने आवश्यकता देखिएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?