मङपुमा घर जलेर खरानी

House gutted in fire In Mungpoo

Fire burnt house in Mungpooरेसेप ग्राम पंचायत अन्तर्गत पर्ने रम्बी बीचकमान भैसीटार निवासी कुमार छेत्रीको घर सर्ट सर्किटको कारण जलेर खरानी भएको छ | उक्त घटना हिज राती १ बजे घटेको परिवार सुत्रले जनाएको छ | घरमा कोही पनि नभएको समय उक्त घटना घटेकोले घरबाट लगाएको लुगाफाटा बाहेक केहि पनि निकाल्न नसकिएको घर मालिक कुमार छेत्रीले जनाएको छ | घरमा पालेको गाई, बाख्रा कराएपछि छिमेकीहरुले थाहा पाएर आगोलाई निभाउने कोशिष गरेता पनि आगोले उग्ररुप लिएको कारण आगो निभाउन नसकिएको परिवार सुत्रले जनाएको छ | घटना भएको १२ घण्टा बितिसक्दा पनि सरकारी तौरमा कोहि पनि निरीक्षण गर्न नआएको परिवार पक्षले जानकारी गराए | घटनापछि अग्नी पिडित परिवारले मङपु पुलिस आउटपोस्ट अनि तक्दाह खण्ड कार्यलयमा प्रथामिकी दर्तागरिसकेको छ भने घर मालिक सिक्किममा कार्यरत रहेको कारण घटना भएको समय कुमार छेत्री अनि उनको पत्नी कपिला छेत्री सिक्किममा नै रहेको साथै दुई छोराहरु अनोष छेत्री र अबी छेत्री खर्साङमा  रहेको परिवार सुत्रले जनाएको छ | काठको घर भएको कारण सर्ट सर्किटको कारण नै घरमा आगलागी भएको हुन सक्ने गाउँलेहरुले बताएको छ | मङपु क्षेत्रमा  कुनै पनि क्षण  अग्नि दुर्घटना  हुने हुनाले यहाँ अग्नीसमन केन्द्र हुनु पर्ने स्थानीय जनताले सम्बन्धित विभागप्रति मांग गरेको छ |

रेसेप ग्राम पंचायत अन्तर्गत पर्ने रम्बी बीचकमान भैसीटार निवासी कुमार छेत्रीको घर सर्ट सर्किटको कारण जलेर खरानी भएको छ | उक्त घटना हिज राती १ बजे घटेको परिवार सुत्रले जनाएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.