लाब्दा विभाग अधिनस्थ ग्रामसेवक प्राथमिक पाठशाला ( Gram Sevak Primary School)को वार्षिक परिक्षाफलसितै वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा पाठशालाकै पुर्व प्रधान अध्यापक एके पाख्रीन अतिथिको रुपमा उपस्थित थिए भने विधार्थीहरुका अभिभावकवर्ग पनि अतिथिको रुपमा उपस्थित थिए | कार्यक्रममा प्रत्येक श्रेणीबाट सफल भएर जाने पहिलो, दोश्रो अनि तेश्रो स्थान ओगटेका विधार्थीवर्गलाई, अभिभावकवर्ग, शिक्षिकागण तथा अतिथिको बाहुलीबाट आशिर्वाद सहित पुरस्कार वितरण गरियो | पाठशालामा धेर उपस्थिति दिने विधार्थीवर्गलाई पनि पुरस्कार प्रदान गरियो | खेलकूदमा अंशग्रहण गर्ने विधार्थी श्रुति राईलाई खादा अर्पण गरि सुभेच्छा जनाइयो साथै यस पाठशालाबाट विदा लिई जाने दुई विधार्थीहरुलाई खादा लगाइ आशिर्वाद प्रदान गरियो | अन्तमा अतिथि एके पाख्रीनले पाठशाला, विधार्थी अनि अभिभावकवर्गको कस्तो सम्बन्ध हुनपर्छ भन्ने विषयमा आफ्नो विचार व्यक्त गरे | कार्यक्रममा प्रधयापिका विन्ध्या छेत्री साथै सहशिक्षिका नीता राईको पनि उपस्थिति थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?