सिद्धार्थ मेमोरियल स्कूलको रजत जयन्ती सम्पन्न

Sidhartha Memorial School Silver Jublee celebration
मङपु विभागमा स्थित विगत १९९१ सालदेखि संचालन हुँदै आएको एउटा शैक्षिक संस्थान सिद्धार्थ मेमोरियल स्कूल (Sidhartha Memorial School) ले आज आफ्नो स्थापनाकालको २५ औं वर्ष पुरा गरेकोमा विधालयले भब्य कार्यक्रमको आयोजन गर्दै आफ्नो २५ वर्षे रजत जयन्ती धुमधामसाथ मनाएको छ | मङपुमा सरकारी प्राथमिक पाठशाला बाहेक अन्य प्राइवेट अंग्रेजी  पाठशालाहरुको स्थापना त्यति नभएको समय त्यस्ताकका विधालय प्रधान अध्यापक स्वर्गीय तिलक राईले आउँदो नानीहरुको आवश्यकतालाई बुझेर यस विधालयको स्थापना गरेका थिए | आज उनी बितेर गए पनि उनकी श्रीमती निला राईको नेतृत्वमा संचालित विधालयले रजत जयन्ती मनाउन पुगेको छ | साहित्यकार उदय थुलुङको सभापतित्व रहेको आजको कार्यक्रममा सिन्कोना पूर्वनिर्देशक डा० जीसी सुब्बाको प्रमुख आतिथ्य रहेको थियो | कार्यक्रममा विधार्थी, शिक्षक – शिक्षिका लगायत भूतपूर्व शिक्षक – शिक्षिका, भूतपूर्व विधार्थीहरुले राम्रा राम्रा गीत अनि नृत्य आदि प्रस्तुत गरेका थिए | यसरी नै विधालय पक्षबाट भूतपूर्व शिक्षक शिक्षिकाहरु, साहित्यकार उदय थुलुङ साथै डा० सुब्बालाई पनि स्मृति भेटहरु प्रदान गरे | आफ्नै विधालय प्राङगणमा सम्पन्न आजको रजत जयन्ती कार्यक्रममा विधालयले मङपुका प्राय: जसो प्राइवेट विधालयका प्रधान अध्यापक, भूतपूर्व शिक्षक साथै गाउँका बरिष्ठ व्यक्तित्वहरु, विभिन्न सरकारी अनि गैर सरकारी शैक्षिक संस्थानका शिक्षक – शिक्षिकाहरुलाई पनि निम्त्याएका थिए भने प्राय: जसो आमन्त्रित अतिथिहरुले आफ्नो उपस्थिति दिंदै विधालयको यो ऐतिहासिक कार्यक्रमको शाक्षी बनेका थिए | कार्यक्रमलाई विधालयका वर्तमान प्राचार्य निला राई  डा० जीसी सुब्बा, साहित्यकार थुलुङ साथै एमके छेत्री प्राचार्य गुड स्टार्ट एकाडेमीले पनि सम्बोधन गरेका थिए भने सबैले विधालयको उतोरोतर प्रगतिको कामना गरे | आजको कार्यक्रमलाई सफलीभूत पार्नमा सिम्ले युनाइटेड क्लबको पनि अहम भूमिका रहेको विधालय पक्षले जनाएको छ ||

मङपु विभागमा स्थित विगत १९९१ सालदेखि संचालन हुँदै आएको एउटा शैक्षिक संस्थान सिद्धार्थ मेमोरियल स्कूल (Sidhartha Memorial School) ले आज आफ्नो स्थापनाकालको २५ औं वर्ष पुरा गरेकोमा विधालयले भब्य कार्यक्रमको आयोजन गर्दै आफ्नो २५ वर्षे रजत जयन्ती धुमधामसाथ मनाएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.