लाब्दा बस्ति लाब्दा जीपी अन्तर्गत २७ अनि २८ जनवरीमा रङली रङलियट ब्लकको तत्वधानमा आधार कार्ड खिचाउने कार्यक्रम सुचारु रुपले सम्पन्न गरियो | प्रथम दिनमा लाब्दा जीपी इए केपी शर्माको बिशेष उपस्थितिमा रहेको थियो भने फोटो खिच्ने क्रममा आरआर ब्लकबाट शैलेन्द्र देवान अनि पुजन गुरुङको उपस्थिति रहेको थियो | बिहान ८ बजेदेखि शुरु गरेको कार्यक्रम लगातार रुपले वेलुकीसम्म खचाखच भिडको साथमा लगभक दुई दिनमा ३०० जना स्थानीय मानिसहरुले लाभ उठाए | यसरी खण्ड विकास कार्यलयले उक्त कार्यक्रम गाउँमै राखिदिएकोले सम्पूर्ण ग्रामबासीले बीडीओलाई धन्यवाद दिएका छन् साथै कार्यक्रममा गाउँका समाजसेवी क्रमैले विवेक छेत्री, गोपाल कुमार राई, प्रह्लाद राई, सन्तबीर तामांग साथै रोशन छेत्रीले धेरै मात्रामा सहयोग गरेको जानकारी उतम मुखियाले जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?