गोर्खा राष्ट्रीय मुक्ति मोर्चा रङबी शाखा अधिनस्थ श्रमिक संगठन एचपीडब्ल्युयुले एउटा विज्ञप्ति जारी गर्दै विगत १०५ दिनको बन्द अवधिमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनभित्र रहने सम्पूर्ण सिन्कोना बगान एवम चियाबारी क्षेत्रको मजदुरवर्गको तीन महिनाको वेतन विषय दिनोदीन छेपारोको कथा बन्दै गइरहेको समय वेतन पाउने हो या होइन अनि कसले दिने हो भन्ने प्रश्न टड्कारो बन्दै गइरहेको बताएको छ | अब यसको निम्ति गोरामुमो अनि यसको युनियनले नै खोजी गर्नु पर्ने मन्तब्य प्रकट गर्दै आन्दोलन अनि बन्द अवधि गन्तीबाट मजदुरवर्गको हाजिरा उठाउँदै जुलुसमा लाने नेताहरु चुप बसेकोले यो समस्या अझ गहन भएर गइरहेको बताएको छ | यसको साथै बन्द अवधि जीटीएभित्र रहेको ७८ वटा चियाबारी एवम बनबस्तिबासी मजदुरवर्गको क्षतिपूर्ति पनि जीटीए एवम यसको बीओएले चाडै दिनपर्ने माग युनियनले गरेको छ | मुख्य रुपमा हाल जीटीए बीओ एवम बीओए द्वारा जीटीएभित्र बाटो निर्माण, विभिन्न क्षेत्रमा मेला गरिने विषयमा पहल गर्ने सुन्नमा आइरहेकोले तीन महिनाको बन्दले अस्तव्यस्त श्रमिक मजदुरवर्गको हितमा भने केही नगरिनु दुर्भाग्यपूर्ण हो यसैले त्यसरी मेला गर्नु, बाटो खन्नु भन्दा सिन्कोनाबासी, चियाबारीबासी अनि बनबस्तिबासीको हितमा केही गरिनु पर्ने अवस्था रहेको गोरामुमो पार्टी एवम यसको युनियनले दाबी गर्दै रङबी शाखा एचपीडब्ल्युयु सचिव सन्तोष राई, अध्यक्ष आशिषदीप राईले गोरामुमो ब्रान्च सदस्य आरबी प्रधान अनि एचपीडब्ल्युयु अध्यक्ष गणेश ठकुरीको उपस्थितिमा एउटा विज्ञप्ति जारी गरेको छ ||
तीन महिने बन्द अवधिको वेतन खोज्दै एचपीडब्ल्युयु
15Nov2017



Post a Comment