हु केयर्स मङपु ब्रान्च अनि सिटोङ सेल्पू ब्रान्चको संयुक्त तत्वधानमा रम्बी बजार हाइवे स्थित बीएमएस अस्पताल परिसर साफ सफाई गर्ने कार्य भयो | उक्त सफाई कार्य अस्पतालभित्र एवम बाहिर परिसरमा पनि सम्पन्न भयो भने यस कार्यक्रममा संस्थाका संस्थापक एरोन योन्जन अनि सोनाम काम्बोङ भोटियाको पनि उपस्थिति साथै सहभागिता रहेको थियो | कार्यक्रममा सिटोङ शेल्पू अनि मङपुका कोअर्डिनेटर क्रमश: रिखा भुजेल, बिरेन तामांग अनि दिव्या बराइली साथै सदस्य सदस्यावर्गको बिशेष सहभागिता रहेको थियो | संस्थाको आगमी कार्यक्रम मङपु अस्पताल साफ सफाई अनि डेङगु रोकथाम बारे सचेतना कार्यक्रम गरिनेछ भनि संस्थाका सदस्य श्यामप्रसाद राइले जानकारी दिएका छन् | संस्थाले रम्बी अस्पतालक बीएमएचओका सिके छेत्रीलाई सहयोगको निम्ति धन्यबाद दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?